
निकिता सेर्गेइभिच ख्रुश्चेभ (१८९४–१९७१) तत्कालीन सोभियत संघ का राजनेता तथा सोभियत संघको कम्युनिस्ट पार्टीको पहिलो महासचिव थिए । उनले शीतयुद्धको जगजगीका बेला (१९५३–१९६४) सोभियत संघ लाई नेतृत्व दिए । उनी मन्त्रिपरिषदको अध्यक्ष (प्रधानमन्त्री) पनि भए– १९५८–१९६४ ।
सोभियत संघलाई स्तालिनवादबाट मुक्त गर्ने,सोभियत संघको अन्तरिक्ष युगको प्रारम्भ, नामका लागि यिनलाई सम्झिइन्छ । यिनलाई आफ्नै सहकर्मीहरूले ८ वटा अभियोग लगाएर पार्टीको सर्बोच्च पदबाट हटाएर लियोनिद ब्रेज्नेभलाई सत्तासीन गराए भने मन्त्रिपरिषदबाट हटाएर अलेक्सी कोसिजिनलाई विराजमान गराए ।
दोस्रो विश्वयुद्धका बेला यिनको भूमिका उच्च थियो । त्यसैले यिनलाई स्तालिनले धेरै मन पराए । युद्ध सकिएपछि स्तालिनको सल्लाहकार भए । १९५३ मा स्तालिनको निधन भएपछि सोभियत कम्युनिस्ट पार्टीमा भएको शक्ति संघर्षमा यिनको जीत भयो र नेतृत्वमा आए । स्तालिनको निधनमा क्वाँक्वाँ रुने यिनै थिए । तर यिनैले लेनिनसँगै मोसोलियममा राखिएको स्तालिनको शबलाई हटाएर चिहानमा पुर्याईदिए ।
वास्तबमा १९५६ मा कम्युनिस्ट पार्टीको बिसौँ महासभामा यिनले गरेको गोप्य भाषणमा नै स्तालिनलाई उचित कदमा राख्ने कुरादेखि ‘राष्ट्रिय जनतन्त्र कार्यक्रम’ (National Democracy Program) को कुरासम्म उठाएका थिए । यसपछि चिनिया कम्युनिस्ट पार्टीले सोभियत संघलाई संशोधनवादी, सामाजिक साम्राज्यवादी जस्ता शब्दावलीले विरोध गर्न थालेको थियो । १९६२ मा क्युबामा अमेरिकालाई ताकेर फिट गरिएका क्षेप्यास्त्र नाकका चालले हटाउनु परेपछि यिनको पतन शुरू भयो। जसलाई क्युबाली मिसाइल संकट भनिन्छ ।
नेपालले राष्ट्रसंघको सदस्यता पाउने प्रक्रियामा सोभियत संघले पटकपटक भिटो प्रयोग गर्नमा यिनैको हात थियो । राष्ट्र संघमा भाषण गर्दै यिनले ‘नेपाल भन्ने मुलुक कहाँ पर्छ मैले हेर्नैपर्छ’ भनेका थिए । राष्ट्रसंघमै बोल्दा जुत्ता फुकालेर रोस्टममा ठटाउने पनि ख्रुश्चेभ नै हुन् । ‘विरोधी सबैलाई खाल्टो खनेर पुरिदिन्छौँ’ भनी कम्युनिस्ट नेता वामदेव गौतमले कुनैबेला भाषण गरेको वाक्य सर्वप्रथम यिनैले बोलेका थिए।
७७ वर्षको उमेरमा ख्रुश्चेभको निधन हृदयाघातबाट भयो। सोभियत कम्युनिस्ट मुखपत्र ‘प्राभ्दा’ ले यिनको निधनमा एक वाक्यको समाचार दिएको थियो । निधनमा कुनै कार्यक्रम गरिएन ।
तत्कालीन युगोस्लाभियाको राजधानी बेल्ग्रेडमा निर्माणाधीन एक पुलबारेमा २२ अगस्ट १९६३ का दिन टिप्पणी गर्दै उनले माथिको अभिव्यक्ति दिएका थिए भनी ‘सिकागो ट्रिब्युन’ समाचारपत्रले ‘ख्रुश्चेभ पेकिङलाई घोच्दै’ शीर्षकमा अगस्ट २२, १९६३ मा छापेको थियो ।
इरानका अपदस्थ राजा रेजा पहेल्वीले ‘शाहको कथा’ The Shah’s Story (१९८०) मा भनेका थिए “निकिता ख्रुश्चेभ ब्यवहार गर्न अप्ठ्यारा मान्छे थिए, प्रायः धेरै अप्ठ्यारा, सदैव स्वयं निश्चित….” (पृ. १४२)।
twitter.com – @jagaranpost