ब्रेकिङ न्युज:

बुटवल उवासंघको वार्षिक साधारणसभा मंसिरमा हुने

Jagaran Post ८ कार्तिक २०७८, सोमबार १६:३३

बुटवल : बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको वार्षिक साधारणसभा आगामी मंसिरमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारणसभा आगामी मंसिर ६ गते सोमबार गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए । संघले यसअघि अगाडि असोज १८ गतेलाई तय गरिएको साधारणसभा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो । साधारणसभा सम्पन्न गर्नको लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गरेको थियो ।

साधारणसभाको लागि हल तथा मञ्च व्यवस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिष्ट्रेशनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले ती समितिहरुलाई जिम्मेवारी अनुसारका तयारीका काम गर्न समेत आग्रह गरेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९