७८ अंकले उकालो लाग्यो नेप्से

Jagaran Post ९ कार्तिक २०७८, मंगलवार १६:१२

काठमाण्डौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८२ अंकले बढेर दुई हजार ७५१.७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यो बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ ।

आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८