वाग्मतीका मुख्यमन्त्री पाण्डले गरे सपथ ग्रहण, थप तीन मन्त्री नियुक्त

जागरण पोस्ट ११ कार्तिक २०७८, बिहीबार १७:३२

काठमाण्डौ : वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा २ को उपधारा १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

पाण्डे एमालेबाट धादिङ क्षेत्र (१) क बाट प्रदेशसभा सांसदमा विजयी बनेका हुन् । पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् । यसअघि एमालेबाट अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरेकी थिइन् । मुख्यमन्त्री पाण्डेले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका कृष्णलाल भडेँल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल नियुक्त भएका छन् । सरकारमा नव नियुक्त तीनै जना मन्त्रीले आजै प्रदेशप्रमुख शर्मामार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९