नेपालको कुुल ९ खर्ब ऋणमध्ये ५४ प्रतिशत विश्व बैंकको

Jagaran Post १२ कार्तिक २०७८, शुक्रबार ०८:५२

काठमाण्डौ : नेपालले लिएको कुुल नौ खर्ब ३४ अर्ब १४ करोड वैदेशिक ऋणमध्ये ५४ प्रतिशत विश्व बैंकबाट लिएको देखिएको छ । गत असार मसान्तसम्ममा विश्व बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आइडिएलाई नेपाल सरकारले बुझाउन बाँकी ऋण चार खर्ब ७१ अर्ब १७ करोड रहेको छ । यो मुलुकको कुल वैदेशिक ऋणभारको ५०.४४ प्रतिशत हिस्सा हो ।

आइडिए विश्व बैंक ग्रुपअन्तर्गतको एक संस्था हो, जसले विश्वका गरिब देशहरूलाई ऋण तथा अनुदान सहयोग गर्दै आएको छ । आइडिएले गरिबी न्यूनीकरण, असमानता घटाउन तथा आर्थिक वृद्धिमा सघाउन गरिब देशहरूलाई शून्यदेखि न्यून ब्याजदरमा ऋण दिने गर्छ । खासगरी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिडको रोकथाम, नियन्त्रण र पुनरुत्थानका क्रममा आइडिएको ऋण दायित्व बढेको देखिन्छ । आर्थिक वर्ष ०७१÷७२ मा आइडिएलाई भुक्तान गर्न बाँकी ऋण एक खर्ब ५५ अर्ब रुपैयाँ थियो । त्यसको सात वर्षपछि आर्थिक वर्ष ०७७÷७८ मा आइपुग्दा आइडिएको ऋण तीन खर्ब १६ अर्ब रुपैयाँले बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

आइडिएपछि नेपालको सबैभन्दा बढी ऋण दायित्व एसियाली विकास बैंक एडिबीको रहेको छ । असार मसान्तसम्ममा नेपालले एडिबीलाई भुक्तान गर्नुपर्ने ऋण दायित्व दुई खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ पुगिसकेको छ, जुन कुल वैदेशिक ऋणको ३१.३६ प्रतिशत हो ।

वैदेशिक ऋणमा बहुपक्षीयको हिस्सा ८८ प्रतिशत

कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७.८८ प्रतिशत रहेको छ । बाँकी १२.११ प्रतिशत दुईपक्षीयको रहेको छ । विश्व बैंक, एडिबी, एआइआइबी, ओपेक, आइएमएफलगायत बहुपक्षीय विकास साझेदारको कुल ऋण आठ खर्ब २१ अर्ब पुगेको छ । जापान, चीन, भारतलगायत दुईपक्षीय विकास साझेदारको ऋण दात्यिव एक खर्ब १३ करोड रुपैयाँ पुगेको कार्यालयको तथ्यांक छ । नेपालले नौवटा बहुपक्षीय विकास साझेदार र आठवटा दुईपक्षीय देश साझेदारलाई ऋण भुक्तान गर्न बाँकी छ ।

मित्रराष्ट्रमा बढी ऋण जापानको, कम फ्रान्सको

नेपालको दुईपक्षीय साझेदारका रूपमा रहने मित्रराष्ट्रहरूमध्ये सबैभन्दा बढी ऋण भुक्तान गर्न बाँकी रहेको मुलुक जापानको देखिएको छ । नेपालले जापानलाई भुक्तान गर्न बाँकी ऋण ४१ अर्ब १५ करोड पुगेको छ, जुन कुल वैदेशिक ऋणको ४.४१ प्रतिशत हुन आउँछ । त्यसपछि क्रमशः चीन र भारतलाई बढी ऋण भुक्तान गर्न बाँकी छ । नेपालले चीनलाई ३१ अर्ब ६५ करोड र भारतलाई ३० अर्ब ७६ करोड रुपैयाँ ऋण भुक्तान गर्न बाँकी छ । नेपालले चीन र भारतलाई भुक्तान गर्नुपर्ने ऋण कुल वैदेशिक ऋणको क्रमशः ३.३९ प्रतिशत र ३.२९ प्रतिशत हुन आउँछ । कृष्ण रिजालद्वारा लिखित नयाँपत्रिकाबाट

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८