गुल्मी : नेकपा एमाले गुल्मीले जिल्लाका ११ स्थानीय तहका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र रेसुंगा नगरकमिटी, इस्मा, मदाने, मालिका, गुल्मी दरवार, छत्रकोट, रूरू क्षेत्र, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन सकिएको छ ।
धुर्कोट गाउँपालिकामा शनिबार नेतृत्व चयनको प्रयास सुरु भएको छ । ११ स्थानीय तहमध्ये इस्मा गाउँ कमिटीको लागि निर्वाचन भएको छ भने १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।
अहिले एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु गरेको छ । वडा र पालिकामा थुप्रै युवाहरूको प्रवेश देखिएको छ । उनीहरूलाई अरु पार्टीका नेता र कार्यकर्ताले समेत प्रशंसा गरेका छन् ।