ब्रेकिङ न्युज:

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धमूर्ति अनावरण

Jagaran Post १४ कार्तिक २०७८, आईतवार १८:०७

रुपन्देही : म्यानमार बनाएर ल्याइएको ‘महाकरुणा बुद्धमूर्ति’ रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनावरण गरिएको छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा पुगी विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरेकी हुन् । साढे २ अर्ब मूल्य रहेको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो छ । मूर्तिको उचाइ १ दशमलब ९ मिटर रहेको छ भने चौडाइ ६० सेन्टिमिटर रहेको छ ।

मूर्तिले विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई लुम्बिनी प्रवेश गरेको फरक महशुस गराउने लक्ष्य लिएको लुम्बिनी गार्डेन फाउन्डेशनले भनेको छ । मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको छ । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो । बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गरिन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९