काठमाण्डौ : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । सोमबार बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।