नेप्सेमा दोहोरो अंकको वृद्धि

Jagaran Post १६ कार्तिक २०७८, मंगलवार १६:०१

काठमाण्डौ : साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब सात करोड ३७ लाख बराबरको कारोबार भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८