अक्टुबर क्रान्ति र मिस्ट्रि म्यान रासपुतिन

जागरण पोस्ट २१ कार्तिक २०७८, आईतवार १०:५८
अनाम मानव
            अनाम मानव

अक्टुबर क्रान्तिको सन्दर्भमा मिस्ट्रि म्यान रासपुतिन बिना अपुरो हुन्छ। साइबेरीको जङ्गलमा जन्मिएका मिस्ट्री शन्त ग्रिगरी रासपुतिनको जारशाहि दरबार सँगको कनेक्सन र जारको अधोगतिको टाइमिङ पनि रहस्यमय दन्ते कथा झैं लाग्छ।

जार निकोलसका प्रधानमन्त्री थिए स्तोलिपिन। उनी विलक्षण क्षमताका थिए। निकोलसलाई पनि उनी माथि पुर्ण भरोसा थियो। कतिपय क्रान्तिकारी सङ्गठन र नेताहरूलाई स्तोलिपिन कै योजनामा निकोलस निस्कृय बनाउन सफल भएका थिए।

सन् १९०६ मा स्तोलिपिनले पद सम्हालेकै दिन मिस्ट्रि म्यान रासपुतिन को राजमहलमा पहिलोपल्ट आगमन भएको थियो। निकोलसका छोराको बिमारीको उपचारका लागि रासपुतिनलाई महलमा ल्याईएको थियो। निकोलस पत्नी जारीनाको मनमा रासपुतिनप्रति असमान्य विश्वास पैदा भइरहेको थियो। उनी उनलाई साक्षात् ईश्वरको दर्जा मान्थिन।

भनिन्छ, रासपुतिन अन्तरङ्गिन स्वभावका थिए। उनको रानी जारीना सँग शारीरीक सम्पर्क समेत हुन्थे। रूसी इतिहासकार रासपुतिनलाइ कतिपय ठाँउमा सेक्सगुरु समेत भन्ने गरेका छन।

सेन्ट पिटर्सबर्गका साम्भ्रान्त बर्गका अधिकांश महिलाहरुसंग उनको यौनसम्बन्ध रहेको भन्ने गरिन्क्छ। उनी महिलाहरुलाई सम्भोग द्वारा ईश्वरप्राप्त हुने भनि उपदेश दिन्थे। स्तोलिपिनलाई रासपुतिन सधै रहस्यमय लाग्थ्यो। क्रान्तिको उभार देशभरी फैलिरहेको अवस्थामा राजमहलको कुनै अपरिचित ब्यक्तीबिचको सामिप्यता उनलाई कतै मन परेको थिएन।

सन् १९०६ मा स्तोलिपिनको घरमा एक भयानक बम बिस्फोट भएको थियो। जहाँ स्तोलिपिनकी छोरी घाइते भइन।निकोलसले उपचारका लागि रासपुतिनलाई पठाए । स्तोलिपिनलाइ रासपुतिन माथा पहिलो शङ्का त्यति बेलै लाग्यो जति बेला रास पुतिन उपचार बहानामा उनका छोरीहरू सँग अशलिल ब्यवहार गरीरहेका थिए।

दुई बर्षपश्चात एक शक्तिशाली बम बिस्फोटमा दुई रूसी उच्चअधिकारीको मृत्यु भयो। प्रहरीलं बिस्फोट गराउने महिलालाई समात्यो। जसको नाम एना रासपुतिन थियो। जो रासपुतिनकी आमा थिइन । स्तोलिपिनले निकोलसलाई रासपुतिनको बारेमा सजग गराएका पनि थिए। तर निकोलस जारिनाका सामुन्ने बिवस थिए। यद्दपी स्तोलिपिनले अनेक कुटनिति अपनाएर रासपुतिनलाई मस्को छोड्न बाध्य बनाए र उनी पुन: साइबेरिया फर्किए ।

रासपुतिन साइबेरीया फर्किन साथ मस्कोमा जारीनाले रासपुतिनलाई लेखिएको प्रेम पत्रको चर्चाले बजार तात्यो। उक्तपत्रमा जारिनाले रासपुतिन प्रति ब्यक्त गरीएका प्रेमिल भावनालाई स्तोलिपिनले नै चर्चामा ल्याए। रासपुतिन साइबेरीया फर्किन साथ यता मस्कोमा स्तोलिपिनको बम आक्रमणमा परी हत्या भयो। आक्रमणकारी यहुदी थिए । कतिपयले निकोलसले यहुदी उपर गरेको ज्यादतिको प्रतिशोधको रूपमा घटनालाई ब्याख्या गरे । भने रासपुतिन संगको बियोगको बदला हेतु जारिनाको चाहानामा स्वयम निकोलसले नै त्यो घटना घटाना घटाएको सम्भावना पनि त्यति कै थियो।

स्तोलिपिनको मृत्यु सँगै रासपुतिनको प्रभाव पुन फैलियो । जारिना र रासपुतिन बिचको प्रेमसम्‌बन्ध अब मस्कोका हर गल्लीमा चर्चाको विषय बनिरहेको थियो। लेनिनलाई यो कुरा ढुङगा खोज्दा देउता भेटे जस्तै भयो। जारशाहिलाइ जनता समक्ष बदनाम गर्न र छवि बिर्गान लेनिनका लागि यो भन्दा सुनौली मौका अरु हुने थिएन । लेनिन र उनको सन्जालले एक नौटङ्क शन्त महारानीको ओछ्यान सम्म पुग्ने भनी जारशाहि राज्य सत्ताको छविलाई आमरुसी जनता सामु धमिल्याईदिए। जसले जार बिरुद्व जनतामा घृणा फैलाउन र सङ्गठित गर्न निकै सहयोग पुग्यो ।

लेनिन सच्चा माक्सबादी थिए/ थिएन त्यो एउटा बहसको बिषय हो । तर उनी चतुर, पर्रभेक्ट योजनाकार, सहि समयमा सहि प्रहार गरने एक डाइनामिक ब्यक्ती थिए।

twitter.com @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९