सुधा भारद्वाज भर्सेज आर्यन खान – पैसा र शक्तिको आडमा आर्यन छुटे, सुधा ४ बर्षदेखी जेलमैं

जागरण पोस्ट २१ कार्तिक २०७८, आईतवार १६:५४

भारतीय मानव अधिकारबादी कार्यकर्ता सुधा भारद्वाज को जन्म अमेरिकाको बोस्टनमा भएको थियो। त्यस बेला उनका आमा-बुवा अमेरिकामा PHD गर्दैथिए।

बुवा-आमा बेलायत बसाइ सरेका कारण उनले प्राथमिक शिक्षा बेलायतमैं प्राप्त गरिन। उनका बुवा-आमा दुवै नाम चलेका विद्वान थिए। उनकी आमा कृष्ण भारद्वाजकै नेतृत्वमा भारतको प्रख्यात बिश्वबिद्यालय जवाहरलाल नेहरु बिश्वबिद्यालयमा सेन्टर फर इकोनोमिस र प्लानिङ्गको स्थापना गरिएको थियो।

सुधा भारद्वाजले १८ बर्षको उमेरमा आफ्नो अमेरिकी नागरिकता त्यागेर भारतीय नागरिकता लिईन। सुधा भारद्वाजले भारतको प्रख्यात अध्ययन संस्था IIT कानपुरबाट गणितमा MS पास गरिन। आफ्नो अध्ययनको क्रममा उनले औधोगिक शहर कानपुरमा बस्दा मजदुरको वास्तविकता प्रतक्ष्यरुपमा देख्ने अवसर पाएकी थिईन।

कसरि मजदुरहरुलाई कम ज्याला दिएर शोषण गरिन्छ र कस्तो दयनीय अवस्थामा तिनीहरु बसिरहेका छन् भन्ने जानकारी उनले पाइन्। आफ्नो अध्ययन सकिएपछि सुधा भारद्वाजले केहि समय अध्यापन पनि गरिन। त्यसपछि उनि मध्यप्रदेशको आदिबासी बहुल क्षेत्रमा मजदुरहरुको लागि संघर्ष गरिरहेको सङ्गठन छत्तिसगढ मुक्ति मोर्चामा सामेल भईन।

सुधा भारद्वाजले मजदुर, आदिबासी, दलित र महिलाको लागि संघर्ष गर्न थालिन। मजदुर संगठनमा पढेलेखेका व्याक्ति कमै हुनाले उनले मजदुर र आदिबासीहरुको लागि मुद्धा दायर गर्न आफै अदालत जानु पर्दथ्यो। अरु वकिलको कति सहयोग लिने भनेर सुधाले आफै कानुनको अध्ययन गर्न थालिन र कानुनमा डिग्री हासिल पनि गरिन। र, उनले जनहित भन्ने संस्था बनाइन जसले भुमि अधिकरण, बन माथीको सामुदायिक हक र बाताबरण संरक्षणको बारेमा लड्न थालिन्।

जनताको वकिल भनेर सम्बोधन गरिने सुधाले काम बाट निकालिएका मजदुर, कामका दौरान घाइते भएका मजदुर, मुद्धा लागेका मजदुर युनियनका सदस्यहरुको पक्षमा, सफाई कर्मचारीहरुको पक्षबाट र जमिन अधिकरण गरिएका किसानहरुको तर्फ बाट अनेकौ मुद्धाहरु लडिन्। उनि हरेक दिन अदालत पुगेर मजदुर, दलित, आदिबासीहरुको पक्षमा लड्ने गर्थिन।

सुधा भारद्वाजको यो क्रियाकलाप उद्योगपति र सरकारी अधिकारिहरुलाई पट्टक्कै मन परेको थिएन। छत्तिसगढ पुलिसका आइजीपी एसआर कल्लुरीले भनेका थिए- “सुधा भारद्वाज संस्थापन विरोधी हुन्। हामी उनको कामलाई मन पनि पराउदैनौ र सम्मान पनि गर्दैनौ। जो राष्ट्रको अखण्डता र आन्तरिक सुरक्षा विरुद्ध चलखेल गर्छ उसकाबिरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्छ। सुधा भारद्वाज जस्ता मान्छेहरु असान्दर्भिक बन्दै गैरहेका छन, किनकी हामी आदिबासीहरुलाई सशक्तिकरण गरिरहेका छौ।”

अंग्रेजीमा धाराप्रभाव रुपमा बोल्नसक्ने सुधा भारद्वाज हिन्दीमा बोल्न रुचाउथिन। साधारण सुतीको साडी र निधारमा टिका लगाउने सुधा मजदुरहरुको बस्तिमा एउटा झुपडीमा बस्ने गर्थिन।

उनले भन्ने गर्थिन – “यदि तपाई मध्यमबर्गीय परिवारबाट आउनुभएको छ र मजदुरहरुसंग काम गर्न चाहनुहुन्छ भने तपाइले उनीहरुको समुदायमा एकाकार हुनुपर्छ र मजदुरवर्गकै जीवन बिताउनु पर्छ।”

सुधा भारद्वाज लाई भारत सरकारले २०१८ मा महाराष्ट्रको भीमा कोरेगांव दंगाको केसमा गिरफ्तार गर्यो। आजसम्म पनि यो मुद्धा अगाडी नबढाई सरकारले उनलाई थुनेर राखेको छ। डाइबेटिज र उच्च रक्तचापबाट पिडित ६० बर्षिय सुधा भारद्वाजलाई बिना जमानत भारत सरकारले ४ बर्ष देखि जेलमा बन्दि बनाएर राखेकाे छ।

भारत सरकारले यो केसलाई न अगाडी बढाउन चाहन्छ न उनलाई जमानतमा नै छोड्न चाहन्छ। भीमा कोरेगांव केसमा सुधा भारद्वाज संगै भारतका अन्य १६ जना मानवअधिकारवादी कार्यकर्ता र अधिकारकर्मीहरुलाई सरकारले थुनेको छ। जसमा फादर स्टेन स्वामी, गौतम नौलखा, बर्बर राव आदि छन्। फादर स्टेन स्वामीको केहि महिना अगाडी जेलमै निधन भयो। यस्तो लाग्छ सरकार अरु अधिकारकर्मीहरुलाई पनि जेलमै मार्न चाहन्छ।

केहि दिन अगाढी बलिवुड अभिनेता शारुख खानका छोरा आर्यन खान ड्रग्स केसमा जेल परे। सारा मिडियाको ध्यान यहिँ ड्रग्स केसमा थियो। अन्तत केहि हप्तापछि आर्यन खान त छुटे तर ४ बर्षदेखि भारतका यस्ता प्रतिबद्द मानवअधिकारबादी कार्यकर्ता, वकिल र अधकारकर्मीहरु जेलमा निसास्सिएर मर्दैछन्। यो कुरा समाचारको बिषय बन्न छोडेको छ।

– केदार सिटौला

थप पढ्नुहोस् –

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९