गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्नु गैरकानूनी हुँदाहुँदै पनि महिलामा भने अनौठो क्रेज

Jagaran Post २२ कार्तिक २०७८, सोमबार १९:४४

जागरणपोस्ट – गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्नु गैरकानुनी कार्य हो। लिंग पहिचान गर्नुको पछाडि दम्पतीको खराब नियत वा कन्या भ्रुण हत्याको बढ्दो शृंखलाको कारणले गर्दा पनि नेपालमा यसलाई कानुनी मान्यता दिइएको छैन। त्यसैले भिडियो एक्स रे अर्थात अल्ट्रासाउण्ड गरेर यसो गर्न नपाउने कानुनी व्यवस्था छ।

क्रोमोजोमको अध्ययनबाट गर्भको लिंग पहिचान गरेको नपाइए पनि लुकिछिपी अल्ट्रासाउण्डबाट लिंग पहिचान गरेका उदाहरण प्रशस्त पाईन्छ ।

१४ देखि १५ हप्ता अर्थात साढे तीन महिनाको गर्भको लिंग पहिचान गर्न सकिने रेडियोलोजिष्टहरुको भनाई भए तापनि अधिकांशं चिकित्सकले गर्भवती वा उनका आफन्तहरुलाई जानकारी गराउदैनन् । तर कतैकतै बढी शुल्क लिएर लिंग पहिचान गर्ने गरेको सुनिन्छ।

लिंगको पहिचानले गर्भवती महिला तथा परिवारलाई मानसिक तनाव दिन सक्ने भएकोले बच्चाको गडबडीको बारेमा उल्लेख गरे पनि ‘लिंग’ भन्न नहुने कानुनी मान्यता रहेको छ ।

तर, आजकल गर्भवती महिलाहरुमा नौलो तर अनौठो खाले सेल्फी क्रेज देखिएको छ । आफ्नो गर्भको बच्चाको स्क्यान सेल्फी अनलाइनमा पोष्ट गर्ने र गर्भको बच्चा छोरा हो की छोरी भनेर सोध्ने। बच्चाको हेरविचार सम्बन्धि शिक्षा र सल्लाह प्रदान गर्ने साइट नेट मम्सका अनुसार एक तिहाइ अभिभावकहरुले गर्भमा रहेको बच्चाको यस्तो स्क्यान फोटो टि्वटर तथा फेसबुक जस्ता सोसल मिडियामा अपलोड गरेर आफ्नो बच्चा छोरा वा छोरी के रहेको भनि सोध्ने गरेका छन् । हरेक पाँच जनामा एक जनाले प्यारेन्टिङ साइटहरुमा तस्वीर पठाएर अन्यको विचार माग्ने गरेको नेटमम्सले जनाएको छ ।

१२ हप्ताको आफ्नो गर्भमा रहेको भ्रुणको तस्वीर सोसल साइटमा अपलोड गरेर लिंग पहिचानका लागि आग्रह गर्ने यस्तो ट्रेण्डमा प्रयोगकर्ताहरुले नब थ्योरीको प्रयोग गर्ने गरेका छन् ।

भ्रुणमा यौनांग विकाश हुने ठाउँमा हुने सानो चुच्चो अर्थात नब कता फर्किएको छ र कति लम्बाइको छ भन्ने कुरा हेरेर मानिसहरुले गर्भको बच्चा छोरा वा छोरी भएको अनुमान लगाउने गरेका छन् । यस्तो चुच्चो ३० डिग्री वा सो भन्दा बढिले माथि उठेको छ भने त्यो छोरा हुन्छ र ३० डिग्री भन्दा तल झुकेको भए छोरी हुन्छ भन्ने अनुमान धेरैले गर्ने गरेका छन् । यो विधिबाट गर्भको बच्चाको लिंग पहिचान गर्दा नतिजा सही ठहरिएको दाबी ७० प्रतिशतले गरेका छन्।

कतिपयले भने खप्परको आकार हेरेर भ्रुणको बारेमा अन्दाजी लगाऊने गरेका छन् । खप्पर गोलाकार भएमा छोरी र चेप्टाकार भएमा छोरा हुने अनुमान उनीहरुको छ। त्यस्तै ,७० प्रतिशत आमाहरु आफैले परम्परागत विधिको प्रयोग गरी गर्भको बच्चाको लिंग पहिचान गर्ने गरेका छन् । यसमा आमाहरुले आफ्नो पेटको आकारको प्रयोग गर्छन् । पेट बढि चौडा भएमा छोरी र उठेको भएमा छोरा हुने विश्वास अधिकांशले गर्ने गरेका छन।

twitter.com – @jagaranpost

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८