फीर्कापरस्ती र गुटबाजी कांग्रेसको संस्कार होइन, कांग्रेसलाई गुटबाजी गर्नेको दरकार पनि छैन : कृष्णप्रसाद भट्टराई

जागरण पोस्ट २३ कार्तिक २०७८, मंगलवार ०५:२३

आज कार्तिक २३ गते, ०४७ सालमा आजैको दिन नेपाल अधिराज्यको संविधान ०४७ घोषणा गरिएको संविधान दिवस । त्यो संविधान निर्माण गरी घोषणा गराउनमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई को अतुलनीय भूमिका र योगदान इतिहासमा अंकित छ ।

वि.सं. १९८१ मा जन्मिएका किसुनजीले राणाशाही र पञ्चायतविरुद्ध अनवरत संघर्षका क्रममा लामो समय जेल जीवन बिताउनुभयो, करिब १६ वर्ष ।

०४६ को जनआन्दोलनलाई, आन्दोलनको सहयात्री तत्कालीन वाममोर्चालाई पनि संलग्न र सहभागी बनाउँदै सुरक्षित अवतरण गर्नुको साथै ०४७ को संविधान निर्माणमा उहाँको अद्वितीय नेतृत्वदायी भूमिका थियो ।

वास्तवमा ०४७ को संविधान पाउनका लागि कांग्रेसका नेता र कार्यकर्ता सहित अन्य असंख्य सचेत नागरिकहरूको बलिदान, जेल-नेल, सर्वश्वहरण आदि कष्टसाध्य संघर्ष परेको थियो । तर त्यो संविधान एकपटक पनि संशोधन नगरी रद्दीको टोकरीमा फालियो र आजको संविधान भिराईयो । त्यो संविधान जारी गरेको दिन भएकोले आज किसुनजीलाई संझिइएको हो ।

तर त्यसपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको संविधान २०४७ लाई लत्याएर नेपाली कांग्रेसलाई जुन दिनदेखि माओवादीको भरिया बनाए, त्यसै दिनदेखि कांग्रेस गतिछाडा भएर ओरालो लागेको हो । त्यसैले कांग्रेसको बाह्रौं महाधिवेशन उपस्थित हुन तत्कालीन पार्टी सभापति सुशील कोइरालाले आमन्त्रण गर्दा उहाँले जवाफी पत्र लेख्दै, जुन प्रकारको अस्वीकृति जनाउनु भयो, त्यो गम्भीर विचारणीय छ (तल्लो फोटो) । आफैले स्थापना गरेको कांग्रेसलाई गणतन्त्रको बाटो लिएपछि उहाँले नक्कली कांग्रेस भनी अर्थ लगाईदिनु भयो। त्यो नै सम्भवतः उहाँले लेखेको अन्तिम पत्र थियो।

आफ्नो जीवनमा किसुनजीले धेरैवटा राष्ट्रिय रेकर्ड र कीर्तिमान राख्नुभयो : ०१५ सालमा ३६ वर्षको उमेरमा प्रतिनिधिसभाको सभामुख (सांसदको निर्वाचनमा पराजित भएरपनि), कांग्रेसबाट सबभन्दा लामो अवधिसम्म जेल बसेका नेता, पत्रकार महासंघको पहिलो सभापति, सोभियत संघको सर्वशक्तिमान सर्वोच्च नेता निकिता ख्रुस्चेभसँग अन्तरवार्ता गर्ने पहिलो विदेशी पत्रकार किसुनजी।

२०५६ सालमा सरकार र तत्कालीन विद्रोही माओवादीवीच शान्तिवार्ताको श्रीगणेश र ढोका खोलेर शेरबहादुर देउवाको संयोजकत्वमा सरकारी वार्ता समिति गठन गरेको, मेलम्ची खानेपानी आयोजनाको निर्णय र प्रारम्भ, प्रजातान्त्रिक आन्दोलनमा लागेर सर्वश्व गुमाएकाहरुलाई राज्यले सामाजिक-आर्थिक न्यायसहितको कदर गरेको आदि धेरै रचनात्मक काम उहाँको नेतृत्व वा प्रधानमन्त्रीत्व कालमा भए ।

करिब २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका उहाँ दुईपटक देशको प्रधानमन्त्री हुनुभयो। उहाँ प्रधामन्त्री हुँदा सरकार सञ्चालन कसरी गर्नुहुन्थ्यो भन्ने एउटा उदाहरण हेरौँ- पूर्वमुख्य सचिव दामोदर गौतमलाई उद्धृत गर्दै पूर्व सचिव भीम उपाध्याय आफनो फेसबुक वालमा लेख्नुहुन्छ :

“म मुख्य सचिव भएको बेलामा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो। उहाँको मन्त्रिपरिषद्मा पनि यदाकदा कुनै मन्त्रीले यसरी नै आफूलाई मात्रै फाइदा हुने खालका ठाडो प्रस्ताव ल्याउने कोसिस गर्थे, तर म मन्त्रिपरिषद् बैठकमै कानुनका दफाहरू पल्टाएर त्यस्तो प्रस्ताव स्वीकृत गर्न नहुने अडान लिन्थें। कानुनका दफा पल्टाएर नहुने देखिएमा तत्कालीन प्रधानमन्त्री भट्टराई क्षणभरमै कन्भिन्स हुनुहुन्थ्यो र त्यस्ता प्रस्तावलाई आफैं रोक्नुहुन्थ्यो। मैले त्यतिखेरै बेलायतको क्याबिनेट सेक्रेटरीलाई पनि फोन गरेर बेलायतको क्याबिनेटमा ठाडो प्रस्ताव आउँछ कि आउँदैन भनेर सोधेको थिएँ।”

“बेलायतका क्याबिनेट सेक्रेटरीले आश्चर्य मान्दै लोकतन्त्र अँगालेका विश्वका कुनै पनि मुलुकमा ठाडो प्रस्ताव पेस नै नहुने तर्क दिएका थिए। उनले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव आउने विषय लोकतन्त्र र प्रजातन्त्रसँग अमिल्दो भएको बताएका थिए। तर अहिले हामीकहाँ आफूलाई लोकतन्त्रको मसिहा ठान्ने व्यक्तिहरू नै त्यस्तो कार्यमा लागिरहेका छन्।”

(किसुनजीद्वारा माथि प्रस्तुत शीर्षक पोखरामा सम्पन्न काँग्रेसको दशौं महाधिवेशन (२०५७) मा व्यक्त भएको हो।)

किसुनजीप्रति हार्दिक श्रद्धासुमन ।

चन्द्रमणि गौतम
           चन्द्रमणि गौतम
Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९