ब्रेकिङ न्युज:

इन्धनमा भएको मूल्यवृद्धिको चौतर्फि विरोध, आन्दोलन गर्ने चेतावनी

Jagaran Post २५ कार्तिक २०७८, बिहीबार ११:३६

काठमाण्डौ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फि विरोध भइरहेको छ । विरोधस्वरुप कहीं आन्दोलन भइरहेको छ भने कयौं विद्यार्थी संगठनले धमाधम मूल्यवृद्धि विरुद्धमा विज्ञप्ति जारी गरेका छन् ।

यसैबिच इन्धनको मूल्यवृद्धिविरुद्ध रुपन्देहीको बुटवलमा विद्यार्र्थीले आन्दोलन गरेका छन् । इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम र आन्दोलन गरेका हुन् । अनेरास्वबियू रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ता गर्न पनि माग गरेको छ । उनीहरु बिहीबार बिहानैदेखि सडकमा उत्रिएका छन् । विरोधस्वरुप पहिलो दिन बिहिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको र मुल्यबृद्धी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम गर्ने अनेरास्ववियुले जनाएको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्यवृद्धिविरुद्ध सँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्र्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको छ । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ ।

twitter.com – @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९