ब्रेकिङ न्युज:

एलन मस्कले गरे एक खर्ब रूपैयाँ बराबरको शेयर बिक्री

Jagaran Post २५ कार्तिक २०७८, बिहीबार १४:०६

काठमाण्डौ : टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कले सोमबार १.१ बिलियन डलर अर्थात करिब एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको शेयर बिक्री गरेका छन् । अघिल्लो सातामात्रै कम्पनीको १० प्रतिशत शेयर बिक्री गर्ने योजना बनाएका उनले सोमबार ठूलो मात्रा शेयर बिक्री गरेका हुन् । अमेरिकी बजार नियामक (एसईसी) का अनुसार उनले कुल नौ लाख ३० हजार कित्ता शेयर बिक्री गरेका छन् ।

यो विषयमा गएको शनिबार मस्कले ट्वीटरमा टेस्लाको १० प्रतिशत शेयर बिक्री गर्दा हुन्छ र हुँदैन भनेर सर्वेक्षण गरेका थिए । ३५ लाखभन्दा बढी सहभागी भएको उक्त सर्वेक्षणमा ५७.९ प्रतिशतले बिक्री गर्नेमा भोट गरेका थिए ।

त्योसँगै सोमबार टेस्लाको शेयरमा ठूलो गिरावट आएको थियो । ७.२ प्रतिशत बजार घटेपनि उनले भने बजार खुल्ने बित्तीकै शेयर बिक्री गरेको जनाइएको छ । एकै पटक ठूलो संख्यामा शेयर बिक्री भएसँगै कम्पनीको शेयर माग तथा आपूर्ति असन्तुलन हुँदा थप बजार बिग्रिएको जनाइएको छ । तर, उनले आफ्नो शेयर बिक्री ट्वीटर पोलको रिजल्ट आउनुभन्दा अघिबाटै सुरु गरिसकेको एसईसीले बुधबार जारी गरेको डकुमेन्टले देखाएको छ । जसअनुसार उनले सेप्टम्बर १४ बाटै आफ्नो शेयर बिक्री गरिरहेका थिए । टेकपानाबाट

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९