ब्रेकिङ न्युज:

५९.५७ अङ्कले ओरालो लाग्यो नेप्से, पाँच अर्बको कारोबार

Jagaran Post २५ कार्तिक २०७८, बिहीबार १५:३७

काठमाण्डौ : कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज बिहीवार ५९ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६ सय ९० दशमलव २९ विन्दुमा झरेको छ ।

आज सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय वटा कम्पनीको शेयर ओरालो लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार ओरालो लागेपनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९४ लाख ७५ हजार कित्ता शेयर पाँच अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ४७ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९