रोहन विजयविरा – श्रीलंकाका चेग्वेभारा

जागरण पोस्ट २७ कार्तिक २०७८, शनिबार १९:५६
          केदार सिटौला

रोहन विजयविरा लाई मारेको दुई-तिन महिनाभित्रै जेभीपीका एक जना बाहेक सबै मुख्य नेतालाई समातेर सेनाले हत्या गर्‍यो। श्रीलंकाली सेनाले जिभेपी माथि गरेको दमन यति रक्तपातपूर्ण थियो कि ६ महिना भित्रै यस संगठनका ३० हजार कार्यकर्ताहरुको हत्या गरियो।

श्रीलंकामा एउटा यस्तो अनौठो बिद्रोही राजनीतिक पार्टी छ जनता बिमुक्त्ति पेरेमुना (JVP )। जसले दुई पटक शशस्त्र बिद्रोह गर्यो र दुवै पटक असफल भयो।

चर्को राज्य दमन र असफलताको खरानी बाट फेरी फ़ीनिक्स चरा जस्तै फेरी पुनर्जीवित भएर आयो। यो अनौठो संगठन जेभीपीका संस्थापक थिए नेता रोहन विजयविरा। जो श्रीलंकाली चे ग्वेभाराको नामले प्रख्यात छन्।

श्रीलंकाको ग्रामिण क्षेत्रमा एउटा साधारण परिवारमा जन्मेका रोहन विजयविरा किशोर अवस्था देखी नै कम्युनिस्ट राजनीतिमा संलग्न भएका थिए।

कमजोर आर्थिक अवस्थाका कारणले उनले आफ्नो उच्च अध्ययनलाई अगाडी बढाउन सकेका थिएनन्। त्यसैबेला उनले सोभियत संघको लुमुम्बा युनिभर्सिटीमा चिकित्साशास्त्र पढ्न छात्रवृति पाए। ३ बर्षको अध्ययन पछि बिरामी परेका कारण रोहन विजयविरा स्वदेश फर्के। त्यसै बेला सिलोन कम्युनिस्ट पार्टी विभाजित भयो। उनि माओवादी समुह तिर लागे।

सोभियत संघले रोहन विजयविराको भिसा क्यान्सिल गरिदियो। उनको अध्ययन अधुरै रहो। माओबादी समुहको कुनै काम नगर्ने तर बामपन्थी लफ्फाजी बाट वाक्क भएर रोहन विजयविराले जनता बिमुक्त्ति पेरेमुना भन्ने संगठन स्थापना गरे। जेभीपी को मुख्य आधार भुमि १६ देखी २५ बर्षका ग्रामिण क्षेत्रका युवा र बिद्यार्थीहरु थियो। उनले श्रीलंका भर युवा र बिद्यार्थीहरु माझ राजनीतिक प्रवचनको सृंखला सुरु गरे। त्यो प्रवचनमाला जेभीपीको पांच क्लास नामले प्रख्यात भयो।

रोहन विजयविरा धुरन्धर बक्त्ता थिए। उनि बिना कुनै नोट ४-५ घण्टा सम्म धारा प्रबाह बोल्न सक्थे। श्रोताको मनमा उनको भाषण गडेर बस्थियो।

१९७१ को अप्रिल महिनामा जेभीपीले अप्रिल क्रान्ति सुरु गर्यो। केहि हप्ता सम्म जेभीपीका कार्यकर्ताहरुले श्रीलंकाका ग्रामिण क्षेत्रका गाउ र बस्तिहरु कब्जा गरे। तर विद्रोहको सुरुहुनु भन्दा अगाडी नै रोहन विजयविरा पक्राउ परेका थिए। उनलाई तमिल बहुल इलाका जाफ्नामा लगेर थुनियो।

अप्रत्यासित बिद्रोहबाट बिचलित भएको श्रीलंका सरकारले भारत, अमेरिका, चीन, सोभियत संघ र बेलायतको सहयोग लिएर यो बिद्रोहलाई दबाउन सफल भयो। जेभीपीको अप्रिल विद्रोहको क्रममा ८ देखी १० हजार जनाको मृत्यु भयो।

सरकारले रोहन बिजयाबिरालाई आजीवन कारावासको सजाय दियो। अदालतमा बयानको क्रममा उनले फिडेल क्यास्ट्रोको इतिहासले मलाई सहि साबित गर्ने छ भन्ने भाषण कै शैलीमा हामी मारिन सक्छौ तर हाम्रो आवाज कहिले मर्ने छैन भन्ने ऐतिहासिक भाषण गरे। पछि उनको सजाय २० बर्षमा सिमित गरियो।

१९७७ को निर्बाचनमा युनाइटेड नेसनल पार्टीले विजय हासिल गरेपछि जेभीपीका सबै बन्दिहरुले आममाफी पाए। त्यसैक्रममा रोहन बिजयाबिरा पनि जेल बाट छुटे। १९७७ पछि जेभीपी माथिको प्रतिबन्ध हट्यो र यो पार्टी बैधानिक रुपमा काम गर्न थाल्यो।

१९८२ को राष्ट्रपति चुनाबमा रोहन विजयविरा उठे। उनि दुई लाख पचास हजार भोट ल्याएर तेस्रो बने। ८० को दशकको सुरुवातमा श्रीलंकामा तमिलहरुको बिद्रोह पनि सुरु भएको थियो। यसै क्रममा राजधानी कोलोम्बोमा साम्प्रदायिक दंगा भयो। सरकारले यहि मौकामा जेभीपी माथि प्रतिबन्ध लगायो।

श्रीलंकाको गृह युद्धमा भारतले हस्तक्षेप गरेर शान्ति स्थापना गर्न ठुलो संख्यामा सेना पठाए पछि १९८७ मा जेभीपीले भारतीय बिस्तारबाद र उसको स्थानीय एजेन्ट श्रीलंका सरकार विरुद्ध देशभक्ति पूर्ण युद्ध सुरु गर्यो। यो १९७१ को जस्तो आम बिद्रोह थिएन। यो धेरै संगठित र ब्यबस्थित छापामार युद्द थियो। यो युद्धले श्रीलंकाको दक्षिणी क्षेत्र युद्ध भुमिमा परिणत भयो। जेभीपीले पनि सरकारी सेना,प्रहरी, सुराकी र बिपक्षि दलका कार्यकर्ताहरु माथि आक्रमण गर्न थाल्यो। सरकारले पनि जेभीपीक समर्थकहरुको सफाया गर्न थाल्यो।

३ बर्षको हिंसात्मक बिद्रोह पछि श्रीलंका सरकारले भारतीय सेनालाई फिर्ता पठायो र तमिल बिद्रोही संगठन लिट्टेसंग युद्दबिराम गर्यो अनि आफ्नो पुरा शक्ति जेभीपी लाई दबाउन प्रयोग गर्यो।

जेभीपीका मुख्य नेता रोहन विजयविरा मध्य श्रीलंकाको एउटा गाउको चिया बगानमा लुकेर बसिरहेका थिए। आफ्ना मुख्य नेतालाई समेत नचिनेर एक पटक उनि बसिरहेको घरमा जेभीपीका कार्यकर्ताहरु चन्दा माग्न आए। मुस्कुराउदै रोहन विजयविराले सय रुपिया चन्दा दिएर पठाए। केहि नेताको गिरफ्तारी पछि रोहन विजयविरा लाई सरकारले गिरफ्तार गर्न सफल भयो।

उनलाई सेनाले लामो बयान लियो। जसमा श्रीलंकाका रक्षामन्त्री रंजन विजयरत्ने पने सामिल थिए। रोहन विजयविराले पार्टी सम्बन्धि केहि भन्न इन्कार गरे। उनलाई आफ्ना समर्थकहरु लाई हिंसा त्याग्न अनुरोध गर्ने बक्तब्य दिन लगाइयो। उनले बक्तब्य दिए जसलाई रेकर्ड गरियो। त्यसै क्रममा एक जना पुलिसका एसपी आए र रोहन विजयविराको कपालमा पक्रेर झापड हाने। उनले तँजस्तै मान्छेले मात्र यस्तो गर्न सक्छ भनेर जवाफ दिए।

नोभेम्बर १३ का दिन बिहान ३ बजे तिर जव  सोधपुछ सकियो र रोहन विजयविरालाई त्यो घर बाट बाहिर लान थालियो उनले सोधपुछ गर्ने सैनिक अधिकारी लाई भने -म खुसि छु जीवनको अन्तिम क्षणमा भएपनि तपाई संग भेट भयो। अब म धेरै बाच्दीन हाेला । मेरो अन्तिम संदेश श्रीमती लाई सुनाइदिनु होला भनेर केहि नितान्त ब्यतिगत कुरा हरु भने। त्यस पछि रोहन विजयविरालाई शम्शान घाटमा लगियो। जहाँ रोहन विजयविरालाई खुट्टामा गोलि हानेर जिउदै जलाइयो।

रोहन विजयविरा लाई मारेको दुई-तिन महिनाभित्रै जेभीपीका एक जना बाहेक सबै मुख्य नेतालाई समातेर सेनाले हत्या गर्‍यो। श्रीलंकाली सेनाले जिभेपी माथि गरेको दमन यति रक्तपातपूर्ण थियो कि ६ महिना भित्रै यस संगठनका ३० हजार कार्यकर्ताहरुको हत्या गरियो। त्यस बखत एम्नेस्टी इन्टरनेसनलले श्रीलंकाको स्थितिबारे लेखेको थियो- सडकका किनारमा, खेतबारीमा र चिहानघारीमा खातका खात लासहरु खुलारुपमा थुपारिए। लासहरु नदीहरुमा पनि फालिए, नचिनिने गरि क्षतबिक्षत पारिए र जलाईए।

जेभीपीको बिद्रोह दबाउन सफल भएपछि रक्षामन्त्रि रंजन बिजेरत्नेले घमण्डका साथ भनेका थिए- म्याच इज ओवर (Match is over )। तर त्यसको केहि बर्ष पछि तमिल टाइगर्सले
रोहन विजयविरालाई मार्न आदेश दिने रास्ट्रपति प्रेमदासा र रक्षामन्त्रि रंजन बिजेरत्ने दुबैको हत्या गरेर गेम ओवर गरिदियो।

जेभीपीको बिद्रोह दबाएलगत्तै राजधानी कोलोम्बो र अरु ठाउहरुमा हातले लेखिएका जेभीपी पोस्टरहरु देखा परे जसमा लेखिएको थियो -Just because two plates are broken hotel will not be closed (दुई वटा प्लेट फुटदैमा होटेल बन्द हुने वाला छैन )

यत्रो बर्बर दमनपछि पनि जेभीपी लोप भएर गएन। १९९० को दशकमा जेभीपी फेरी बैधानिक राजनीतिक पार्टीको रुपमा फेरी आगाडी आयो। चुनाबमा भाग लिन थाल्यो। २००० मा भएको राष्ट्रिय चुनाबमा ३९ सिट जित्यो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९