काठमाण्डौ : एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका अभिनेतामध्ये एक हुन् । बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।
शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले प्रतिबद्धता जनाएका छन् ।
यसैबीच बैंकका अनुसार अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न र आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने सेवा ल्याएको पनि जानकारी गराएको छ । बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।