तीन महिनामा ७.६ प्रतिशतले घट्यो रेमिट्यान्स

जागरण पोस्ट ३० कार्तिक २०७८, मंगलवार १९:०५

काठमाण्डाै : अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि असाेजसम्म देशको रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको हो । अघिल्लो वर्ष त्यही अवधिमा रेमिट्यान्स १२ दशमलव सात प्रतिशतले बढेको थियो ।

यसैबीच चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ । निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले बढ्दासमेत व्यापार घाटा बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन, भदौ र असोजको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार व्यापार घाटा चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको त्यही अवधिमा यस्तो घाटा १५ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा देशबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ भने चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसैबीच साउनदेखि असोज तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति घटेर १३ खर्ब १९ अर्ब रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति समीक्षा अवधिमा पाँच दशमलव सात प्रतिशतले घटेर १३ खर्ब १९ अर्ब ३२ करोडमा झरेको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९