नेप्सेमा बुधबार १६.९५ अंकको वृद्धि

जागरण पोस्ट १ मंसिर २०७८, बुधबार १६:४३

काठमाण्डौ : सेयर बजार परिसुचक (नेप्से) आज १६.९५ अंकले वृद्धि भएको छ । हिजो ६९.२२ अंकले बढेर २७८४.५७ पुगेको नेप्से आज १६.९५ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ । नेप्से मंगलबारको तुलनामा कम अंकले बढेपनि कारोबार रकम भने वृद्धि भएको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स ३।९८ विन्दुले बढेर ५२५।४४ अंकमा अडेको छ । आज २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।

त्यस्तै आज कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको मात्रै सेयर परिसूचक बढेको छ । यसदिन ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो तामाकोशीको १० प्रतिशत वृद्धि हुँदा मानुषी लघुवित्त, तेह्रथुम पावर, नेपाल बंगालादेश बैंक, मैलुङ खोला जलविद्युतको परिसूचक ९ प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा आज नेपाल दुरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९