‘नागरिकको जीवनलाई सहज बनाउने र उत्पादनलाई वृद्धि गर्नेतर्फ सरकार लागेको छ’ : गृहमन्त्री खांण

जागरण पोस्ट १ मंसिर २०७८, बुधबार १७:३८

रुपन्देही : गृहमन्त्री बालकृष्ण खांणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाएर राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको १३ औं महाधिवेशनबाट निर्वाचित वडा, नगर, गाउँ, क्षेत्रीय समिति सभापति लगायतको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खांणले सरकारले विप्लव समूहसंग वार्ता प्रारम्भ गरेको बताए । उनले विप्लव समूहको राजनीतिक माग र मुद्दालाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा लयाउन लागेको बताए ।

गृहमन्त्री खांणले नागरिकको जीवनलाई कसरी सहज बनाउने र उत्पादनलाई कसरी वृद्धि गर्ने भन्नेतर्फ सरकार लागेको बताए । उनले भारी वर्षाले किसानको खेतमा नोक्सान पुगेकाले शेरबहादुर नेतृत्वको सरकारले किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको बताए । मूल्यवृद्धिका कारण नागरिकमा उत्पन्न निराशालाई सन्तुलित बनाउनेतर्फ सरकारको ध्यान गएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खांणले एउटै व्यक्तिलाई प्रधानमन्त्री र पार्टीको सभापति बनाउनुपर्ने बताए । प्रधानमन्त्री र सभापति शेरबहादुर देउवालाई बनाउनुपर्ने उनको भनाइ थियो । एकताबद्ध कांग्रेसले संविधान र मुलुकको समस्या समाधान गर्न सक्ने उनको भनाइ छ । कांग्रेसकै अगुवाईमा मुलुकमा संविधानसभाबाट संविधान बनेको उनले बताए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९