प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी, ७ मन्त्रालयबाट ११ वटा बननाइँदै

जागरण पोस्ट २ मंसिर २०७८, बिहीबार १०:४९

काठमाण्डौ : सरकारले प्रदेश १ मा तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार छ । स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग र पर्यटन गरी दुई मन्त्रालय बनाइनेछ ।

यस्तै, सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा र खेलकुद गरी दुई मन्त्रालय बनाउने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि र सहकारी मन्त्रालय बनाउने तयारी भएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा हाल सानो आकारमा गठन भएको मन्त्रिपरिषद् तत्काल बिस्तार गर्नुपर्ने र सत्ता साझेदार दलहरूलाई सरकारमा सामेल गर्नुपर्ने भएकाले मन्त्रालय फुटाउने तयारी भएको बताइउको छ । मन्त्रालय फुटाउनेबारे मुख्यमन्त्री राई र गठबन्धन दल बीच छलफल भइसकेको स्रोतको दाबी छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९