दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा

जागरण पोस्ट ३ मंसिर २०७८, शुक्रबार १४:२०

काठमाण्डौ : दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले शुक्रबार सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सको यो घोषणासँगै अब उनलाई कुनै पनि फ्रेन्चाइज लिगमा देख्न नपाइने भएको छ ।

“यो अविश्वसनीय यात्रा थियो । तर, मैले सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु,” डी भिलियर्सले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “घरपछाडिको आँगनमा मेरो दाइसँग क्रिकेट खेल्न थालेको दिनदेखि मैले हरेक खेल विशुद्ध आनन्दका साथ खेलेको छु । असाधारण उत्साहका साथ खेलेको छु । अब ३७ वर्षको उमेरमा त्यही उत्साह र जोसका साथ खेल्न सकिँदैन ।”

उनले अगाडि भनेका छन्, मलाई थाहा छ मेरो परिवार ( मेरा आमाबाबु, मेरा भाइहरू, मेरी श्रीमती र मेरा छोराछोरीहरूले गरेको त्याग बिना केही सम्भव थिएन । म हाम्रो जीवनको अर्को अध्यायको प्रतीक्षामा छु । डी भिलियर्सले ११४ टेस्ट क्रिकेटमा ८ हजार ७ सय ६५ रन बनाएका छन् । उनले २२८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ हजार ५७७ रन बनाएका छन् । त्यस्तै, डी भिलियर्सले ७८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६७२ रन बनाएका छन् ।

डी भिलियर्सले २००४ डिसेम्बर १७ मा इंल्यान्डविरुद्धको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले २०१८ मार्च ३० मा अष्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट क्रिकेट खेलेका थिए । डी भिलियर्सले २००५ मा इंग्ल्यान्डविरुद्ध नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २००६ मा अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु् गरेका थिए ।

उनी सन् २०११ देखि इन्डियन प्रिमियर लिगको रोयाल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आएका थिए । ब्याट्सम्यान डी भिलियर्सले ट्विटरमा लेखेका छन्, “सबै टिमका सहयात्रीहरू, प्रशिक्षक, फिजियो र सबै कर्मचारी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । र, दक्षिण अफ्रिका, भारत लगायत मैले खेलेका सबै टिमबाट पाएको साथ सहयोग र हौसलाप्रति म आभारी छु ।”

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९