ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा बीबीसी विजयी

जागरण पोस्ट ५ मंसिर २०७८, आईतवार १५:५१

काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जित हात पारेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजले एपीएफमाथि ३–२ गोलअन्तरले जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा ब्रिगेड ब्वाइजका दिनेश राईले अग्रता दिलाएका थिए । तर बीबीसीको अग्रता लामो समय टिक्न सकेन । खेलको १७ औं मिनेटमा आवास लामिछानेको पासमा आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल पहिलो हाफमा १–१ को बराबरीमा रोकियो ।

खेलको ६५ औं मिनेटमा ब्रिगेडका दिनेश राईले ड्याडी जुनियरको पासमा गोल गरेर टोलीलाई अग्रता दिलाए । उता एपीएफका रबि थिङको पासमा विक्की तामाङले ७७ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयमा भुवन बस्नेतको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान पसेका सुरज गुरुङको गोल गर्दै टिमको जितका लागि निर्णायक बने ।

आजै पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लब र जावलाखेल युथ क्लबबिच पर्तिस्पर्दा हुनेछ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९