महिला टी -२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै

जागरण पोस्ट ६ मंसिर २०७८, सोमबार ०८:५८

काठमाडौं : यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ ।

ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया क्षेत्रको छनोटमा कुल ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविन खेलपछि शीर्ष स्थानमा रहने टिम सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछ । छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राई ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९