मिस्टर बीन मृत्युको हल्ला निराधार, तेस्रोपटक फैलियो उनको मृत्युको हल्ला

जागरण पोस्ट ६ मंसिर २०७८, सोमबार २१:१०

जागरणपोस्ट – आफ्नो कमेडियन प्रस्तुतीका कारण बिश्वभर ख्याती कमाएका बेलायती महान हास्यकलाकार मिस्टर बीन अर्थात रोवन एटकिन्सनको मृत्युको खबर यतिखेर सामाजिक संजालमा भाईरल भएको छ।

यसभन्दा अंघि पनि दुई /दूईपटक उनको मृत्युको अफवाह फैलाईएको थियो।

सामाजिक संजालमा भाईरल भएको उनको मृत्युको अफवाहस्वरुप भनिएको छ- कुनै एक स्टन्ट शुटिङ्गका क्रममा उनको मृत्यु भएको भनेर बताईएको छ। तर उनको यो मृत्युको अफवाह झुठो सावित भएको छ।

संजालमा फैलिएको अफवाहमाथी छानविन गर्ने क्रममा यौटा तथ्य पत्ता लागेको छ। तथ्यअनुसार कम्प्युटर भाईरस फैलाऊने एक गिरोहद्वारा उनको भाइरसलाई अधिकतम मान्छेसंग पुर्याऊने उद्देश्यले यस्तो अफवाह फैलाईएको बताईएको छ।

मिस्टर बीन मृत्युको बारेमा फैलिएको अफवाह यो नै भने पहिलो होईन। यसभन्दा अंघि पनि सामाजिक संजाल फेसबुककै माध्यम दुई/दुई पटक उनको मृत्युको अफवाह फैलिएको छ।

यो पनि पढ्नुहोस् –

मिस्टर बीनको भूमिकाका लागि विश्वप्रसिद्ध हास्यकलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर बीनको भूमिका नगर्ने घोषणा गरेका छन् । आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर बीचको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको रोवानले बताएका छन् । यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर बीनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा छ ।

६५ वर्षका रोवानले भने ‘मेरो लागि दृश्य रुपमा त्यो भूमिकामा देखिनुभन्दा आवाजमार्फत त्यो भूमिका निभाउनु सजिलो छ । अब मलाई त्यो भूमिकामा त्यति मजा आउँदैन । जिम्मेवारीको भार आनन्दलाग्दो छैन । मलाई यो तनावलाग्दो र थकाइलाग्दो महसुस हुन लागेको छ । अब म यसको अन्त्य गर्नेबारे सोच्दैछु ।’ मिस्टर बीन पहिलो पटक १९९० मा आइटिभीमा देखिएका थिए ।

twitter .com – @jagaranpost

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९