सन् १९८० र ९० को दशकमा विश्वकै प्रभावशाली सञ्चारमाध्यमका रुपमा परिचित टेलिभिजनको प्रभाव पनि हिजोआज अस्तित्व रक्षाको लडाइँमा छ। युट्युब, नेटफ्लिक्स, क्रेभ, अमेजन प्राइम, भिमियो जस्ता अनेक डिजिटल प्लाटफर्मले टेलिभिजन का दर्शक, विज्ञापन र आयश्रोत खोसे । बरु, टेलिभिजनलाई नै युट्युबमा च्यानल खोल्न बाध्य पारे ।
एउटा समय थियो – टेलिभिजनलाई खोल्ने, टेलिभिजनमा बोल्ने, कार्यक्रम चलाउने वा अनुहार देखाउनेहरुको त कत्रो वाहवाही थियो भने १४ इन्चका सादा टेलिभिजनको लागी घरमा राखेर छानोमाथि एन्टेना झुण्ड्याउनेहरुको पनि सानो फूर्तिफार्ति थिएन । आफ्नो साथीको घरमा टेलिभिजन भएकोमा हामी समेत गर्वले छाति चौडा पाथ्र्यौं ।
- हाम्रा टेलिभिजनले तपाईँ भन्न कसैलाई पनि जान्दैनन – ओली
- अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
- सामुदायिक टेलिभिजनहरुकाे राेयल्टि र नविकरण शुल्क मिनाहा गर्न माग
हिजो टेलिभिजनको स्टान्डर्ड प्रसारण पद्धति थियो । निश्चित समयमा समाचार आउँथ्यो । अहिले युट्युव वा वेबसाइटमा राखेर दर्शलाई जतिबेला पनि समाचार उपलब्ध गराउन बाध्य छ टेलिभिजन । नेपालमा समेत धेरैजसो अनलाइनले श्रव्यदृश्य समाचार बुलेटिन प्रसारण गर्न थाले । युट्युबमै आधारित भएर विभिन्न टेलिशृंखला चलाउन थाले ।
हिजोआज विकसित देशहरुमा यो प्रविधिको सेट बिक्री बढेको छ तर यसका दर्शहरु घटेका घट्यै छन् । किन ? किनभने यसका सेटमा मानिसहरु युट्युब वा अन्य डिजिटल प्लाटफर्मबाट प्राप्त हुने श्रव्यदृश्य सामग्रीहरु हेर्छन् । टेलिभिजनकै सेटमा टेलिभिजन हेर्ने कमै हुन्छन् । टेलिभिजन हेर्नै परे हातैमा स्मार्ट मोबाइल डिभाइस छँदैछ ।
अत्याधुनिक डिजिटल प्रविधिले गर्दा अचेल हरेक मान्छे युट्युब, फेसबुक वा अन्य सामाजिक सञ्जाल मार्फत सोझै प्रत्यक्ष प्रसारण गर्न सक्ने भएको छ । यसले टेलिभिजनको अस्तित्वमै प्रश्न उठाएको छ । के अब पनि भूसतही र भूउपग्रहमा आधारित टेलिभिजन प्रसारणहरु बाँच्न सक्लान् ? अहं, छिटै डाइनोसरको इतिहास दोहोर्याउने अवस्थामा पुगेको छ ।
टेलिभिजनको भविष्य निकै चुनौतिपूर्ण छ । तर पनि अन्तर्राष्ट्रिय टेलिभिजन दिवसका अवसरमा हार्दिक शुभकामना !
भानुभक्त आचार्य/ फेसबुक।