सुनको भाउ आज १६ सय रुपैयाँले घट्यो

जागरण पोस्ट ७ मंसिर २०७८, मंगलवार १२:०५

काठमाण्डौ : सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको भाउमा प्रभाव परेको हो ।

कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्ने पावेलको रणनीतिको असर सुनमा परेको हुन सक्ने उनको भनाई छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९