आईसीसी महिला टी–ट्वान्टीमा भुटानलाई पराजित गर्दै नेपाली महिला टोली विजयी

जागरण पोस्ट ७ मंसिर २०७८, मंगलवार १८:५०

काठमाडौँ : भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा भुटानलाई ८ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन् । त्यस्तै सीता राना मगरले १७ रन बनाइन् भने कप्तान रुबिना क्षेत्रीले १० रनको योगदान गरिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन् भने करुना भण्डारीले एक विकेट लिइन् । यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९