एमालेको दशौँ महाधिवेशनमा सवारीसाधनलाई नारायणगढ प्रवेशमा रोक

जागरण पोस्ट ८ मंसिर २०७८, बुधबार १२:५०

काठमाण्डौ : नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहका दिन सार्वजनिक तथा निजी गाडीहरूलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बजार क्षेत्रभित्र सञ्चालन नगर्न जिल्ला प्रशासन प्रशासन कार्यालय चितवनले आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउन लागेको हो । पर्सि मंसिर १० गते बिहान १० बजेदेखि करिब ५ बजेसम्म पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा, पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा, काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र अति आवश्यक लगायतका सवारीसाधन प्रवेशमा रोकिदिन अनुरोध गरिएको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पर्सि मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुँदै छ भने बन्द सत्र चितवनको सौराहामा हुँदै छ । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा ५ लाख मानिस सहभागि गराउने घोषणा गरेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९