गगन थापा : आमनिर्वाचन र नेपाली कांग्रेस महाधिवेशनको हिरो

Jagaran Post ८ मंसिर २०७८, बुधबार १६:३५
chandramani gautam
चन्द्रमणि गौतम

वाणी मानिसको सबभन्दा ठूलो शक्ति हो । वाणी नै वाण हो र वाणी नै कर्णप्रिय संगीत हो । वाणी धर्म हो । छान्दोग्य उपनिषदले भन्छ, यो समस्त भूतको रस पृथ्वी हो । पृथ्वीको रस पानी हो । पानीको रस औषधि हो । औषधिको रस मानब हो । मानब प्राणीको रस वाणी हो। नेपालको समकालिन राजनीतिमा वाणीका धनि हुन् नयाँ पुस्ताका नेपाली कांग्रेस नेता गगन थापा । उनी आना वाणीका कारण भिड जम्मा गर्ने (क्राउड पुलर) शक्ति र सामथ्र्य राख्छन् । साविकमा उनका खुट्टा तानेर पत्ता साफ गर्न तम्सिएकाहरूसमेत चुनाबी महाभारतको रथ पार लगाउन उनलाई गुहार्न पुगेकै हुन् । नेपाली कांग्रेस को चौधौं महाधिवेशनमा उनले पार्टी महामन्त्रीको लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् । यस पदका अन्य दावेदार उनका समकालीन वा दौंतरहरूमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि छन् ।

नेपाली कांग्रेस को गत (तेह्रौं) महाधिवेशनमा उनले गलत आँकलनका साथ काँग्रेस महामन्त्री पदकै लागि उम्मेद्वारी दिएका थिए । निर्वाचित हुने आँकलनका साथ उम्मेद्वारी दिएका थिए । यसै पदमा उम्मेद्वार भएका आना ससुराबुवा अर्जुननरसिंह के.सी.ले १०१७ र गगनको ५८४ मतका विरुद्ध बीपी पुत्र डा. शशांक कोइरालाले १४१७ मत पाएर विजयी भए । गगनको उक्त उम्मेद्वारी नियतवश नभए पनि परिवन्दले आनै ससुराबुवाको विरुद्ध भएकोजस्तो देखियो । त्यो बेलाको गलत विश्लेषण र निष्कर्षलाई उनले यसपाली आमूल सुधार गरेका छन् । परिपक्वता प्रभावकारी छ । अहिलेको परिस्थितिका आधारमा हेर्दा दुईमध्ये एक महामन्त्रीको लागि गगनको प्रतिष्पर्धी छैनन् भन्नु अत्युक्ति नहोला ।

२०७० को निर्वाचनमा माओवादीले गगनलाई चितवनमा मार्नै खोजेर आक्रमण गरेको थियो, सौभाग्यवश उनी बचे । चुनाबका क्रममा उनी जहाँजहाँ पुगे, त्यहाँ काँग्रेसको पक्षमा ५/७ सय मत बढाएरै हिँड्छन् । चुनाब हार्ने जोखाना देखेपछि २०७४ को निर्वाचनका बेला पनि उनलाई बुढानीलकण्ठ नजिक चपली (काठमाडौं) मा कम्युनिस्टहरूले सांघातिक हमला गरेका थिए । उनको वाणीको जादु यस्तो छ उनको भाषणका लागि मानिस टाढाटाढाबाट समेत ओइरिन्छन् । गगन थापा सबै काँग्रेसजनका सम्पत्ती भएका छन् । तर कतिपय काँग्रेसजनका लागि उनी हाउगुजी बनेका छन् । आनो राजनीति नै समाप्त पारिदिने अग्लो कदको हिरो बनेकोले अरू सबै बाउन्ने भएको लघुताभासबाट उनलाई लखेट्ने पनि काँग्रेसभित्रै छन्।

गगन थापालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उदाउँदो पुस्ताको नेपालका प्रधानमन्त्री’का रुपमा देख्ने गर्दछन् । नेपालका अधिकांश युवाहरूले आगामी एक डेड दशकमा उनी नेपालको प्रधानमन्त्री हुने सपना र कामना सँगालेको पाइन्छ भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज दिने गरेका छन् । युवा अवस्थामै उनी विघटित संविधानसभाका सदस्य भएका थिए भने पछिल्लो संविधानसभामा उनी सबभन्दा धेरै मत पाएर विजयी हुने शेरबहादुर देउबा, डा. बाबुराम भट्टराईको हाराहारीमा परेका थिए ।

नेपाल विद्यार्थी संघको उपसभापति, महामन्त्री र सदस्यका रुपमा रहेर काम गरिसकेका गगन थापा २०६२६३ सालको आन्दोलनमा यति लोकप्रिय भइसकेका थिए कि अमेरिकी सिनेटमा नेपालको जनआन्दोलन र राजाको निरंकुश शासनको विरोधमा सिनेटरले भाषण गर्दा उनको नाम लिइन्थ्यो । पेट्रिक लेही त्यस्ता बृद्ध सिनेटर हुन् जसले आनो भाषणमा गगनको नाम धेरैपटक उच्चारण गरे । यसरी नाम उच्चारणमा पर्ने नेपाली राजनीतिज्ञ विरलै छन् ।

२०७४ को संसदीय निर्वाचनमा कम्युनिस्टहरूको जोडदार हुरीबतास आएपनि काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रमा उनले ‘के.पी. ओलीका दाहिने हात’ मानिएका सल्लाहकार डा. राजन भट्टराईलाई करिब ५ हजार मतको फरकले हराउँदै निर्वाचन जिते । २०७० को संविधानसभा निर्वाचनमा २२ हजार ३३६ मत पाएर वर्तमान उपराष्ट्रपति, माओवादी ‘जनयुद्ध’कालका सर्बोच्च कमान्डर नन्दकिशोर पुन पासाङ्’ लाई करिब साडबाह्र हजारको फराकिलो मतान्तरले हराएर अर्को रेकर्ड कायम गरे । बुलेटको हिरो ब्यालटले धूलो चाट्न पुग्यो । काँग्रेसको बाह्रौँ महाधिवेशनमा पार्टी केन्द्रीय समितिको २५ जना निर्वाचित सदस्यमध्ये उनी सबभन्दा बढी (२०६१) मत पाएर विजयी हुने सदस्य हुन् ।
दोस्रो जनआन्दोलनमा उनी विद्यार्थी नेताकै रुपमा नेपाली राजनीतिमा पनि युवा नेताको रुपमा चर्चित भइसकेका थिए ।

२०६० साल पुस १ गतेसम्ममा साविकको संवैधानिक राजतन्त्र कि सक्रिय राजतन्त्र भन्ने विवाद राजतन्त्र कि गणतन्त्र भन्ने बहसमा परिणत भयो । त्यो दिन २०१७ सालमा राजा महेन्द्रले गरेको देशघाती कदमको समर्थनमा राजावादीहरूको एउटा सानो समुहले सक्रिय राजतन्त्रको आवाज उठाएको दृश्य देखियो भने राजाको बढ्दो सक्रियताका बिरूद्ध युवा तथा विद्यार्थीको विशाल जुुलुसले पार्टीका झण्डा र काला झण्डा बोकेर भव्य विरोध कार्यक्रम गरेको थियो । यसको नेतृत्व गर्ने गगन थापा लगायत नेपाली काँग्रेसकै गुरु घिमिरे, एमाले निकट अखिलका नेता पुरुषोत्तम आचार्यले राजतन्त्रविरोधी गणतन्त्रका नारा लगाएका थिए । यस बापत सरकारले गगन लगायतका विद्यार्थी नेताहरूलाई पक्राउ ग¥यो । तर यसले आन्दोलनको पक्षमा नयाँ लहर नै ल्यायो । पाँचपार्टीको आन्दोलनलाई फिस्टो जति पनि नमानेको शाही सत्ताका लागि गगनहरूको आन्दोलन देशब्यापी भएपछि अत्यास बढाउन थालेको हो । त्यसपछि गगन थापाको नेतृत्वमा शिक्षण संस्थाहरूमा विद्यार्थी बीच राजतन्त्रका बारेमा जनमत सग्रह भयो । जनमतमा ९५ प्रतिशतभन्दा बढीले राजतन्त्र हटाउनुपर्ने मागका साथ परिणाम आएपछि आन्दोलनले झन् सशक्तता पाएको हो । यसरी गगनले ०६२६३ को आन्दोलनलाई ऊर्जा र गति दिए

राजनीतिशास्त्रमा एम.ए.को अध्ययन पूरा गर्नासाथ उनी पार्टीको राजनीतिमा सक्रिय भए । पत्रपत्रिकामा यिनी लेखरचना लेखिरहन्छन् । संविधानसभामा नेपाली काँग्रेस’ र नेपाली कांग्रेस का ऐतिहासिक दस्ताबेज’ नामक यिनीद्वारा लिखित तथा सम्पादित पुस्तक पनि प्रकाशित छन् । अर्कातिर उनी कृषिजन्य उद्यम जस्तै बाख्रा पालन, मौरी पालन, मिटसप आदि ब्यवसाय पनि सञ्चालन गर्छन् । समाजसेवामा पनि उनी त्यति नै सक्रिय छन् । बिवाह भोजका लागि मातापिताले दिएको दुईलाख रुपैयाँ नगद उनले आनी हजुरआमाको उपचार हुँदाहुँदै निधन भएको पाटन अस्पताललाई दान दिएको प्रसंग उल्लेखनीय छ

नेपाली काँग्रेसका जनप्रिय नेता अर्जुननरसिंह के.सी.का माइला ज्वाईँ गगनकी पत्नी अन्जना के.सी. थापा एडिनबरा विश्वविद्यालयबाट एम्.पी.एच. गरेकी चिकित्सक हुन् । २०३३ सालमा काठमाडौँको प्रसूतिगृहमा जन्मिएका गगनका मातापिता महेन्कुमार थापा र रामेश्वरी थापा सोलुखुम्बुको खातापिता परिवारका हुन् । तीन दाजुभाईमा गगन माइला हुन् । पिताले सरकारी कर्मचारीबाट अवकाश पाइसकेका छन् । विद्युत प्राधिकरणमा इन्जिनियर भएकोले पिताको जागीरको क्रममा गगनको बाल्यकाल सिन्धुपाल्चोक जिल्लामा बित्यो । गगनको विद्यालय शिक्षा सिद्धार्थ वनस्थली हाइस्कूलमा भयो । २०४६ सालको जनआन्दोलनमा कक्षा ९ का विद्यार्थी गगन सक्रिय भए । एस.एल.सी.पास गरेपछि कलेज जीवनमा उनले रेडियोमा उद्घोषक हुनेदेखि ट्युसन पढाउने काम पनि गरे ।

twitter.com @jagaranpost

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८