सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार ११:४८

काठमाण्डौ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् । चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेका हुन् ।

यही मंसिर १० देखि १४ गतेसम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघको १४३ औं सम्मेलन हुँदैछ । सभामुख नेतृत्वको प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन् । सभामुख सापकोटाले उक्त सम्मेलनमा कन्टेम्पररी च्यालेन्ज टु डेमोक्रेसी ओभरकमिङ डिभिजन एण्ड बिल्डिङ कम्युनिटी शीर्षकमा सम्बोधन गर्ने छन् ।

यसअघि जवाफदेहिता निगरानी समिति लगायत मानवअधिकारवादी २५ वटा संस्थाहरूले सभामुख सापकोटालाई १४३ औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न अन्तरव्यवस्थापिका संघलाई आग्रह गरेका थिए । सभामुख सापकोटामाथि काभ्रेका अर्जुनबहादुर लामाको हत्या घटनामा संलग्नताको आरोप लागेको छ । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९