कक्षा १२ को नतिजा मंसिर २० गतेभित्र आउने

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १२:५६

काठमाण्डौ : कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक हुने भएको छ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्नेगरी तयारी भएको बोर्डले जनाएको छ ।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बोर्डले जनाएको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मंसिर २० भित्रै नतिजा सार्वजनिक हुने जनाइएको छ । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भउका थिए । कोभिड–१९ को महामारीका कारण परीक्षा तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

यसअघि कोभिड–१९ सङ्क्रमण भएर परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९