एमाले महाधिवेशनमा भारतबाट ५ दलका नेता आउँदै, २५ वटा देशबाट आयो शुभकामना सन्देश

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १६:३४

काठमाण्डौ : नेकपा एमालेको दसौँ महाधिवेशनमा आतिथ्य ग्रहण गर्न भारतबाट विभिन्न पाँच दलका नेता आउने भएका छन् । भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनको नेतृत्वमा एउटा टोली आइसकेको छ ।

त्यस्तै भारतबाटै अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका एमाले विदेश विभागका प्रमुख डा.राजन भट्टराईले बताएका छन् । तर उत्तरी छिमेकी चीनबाट भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन् ।

कोरोना महामारीलाई कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने भएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि करिब एक वर्षदेखि कुनै पनि देशको भ्रमणमा निस्किएका छैनन् ।

चीनबाट सन् १९९३ देखि अहिलेसम्म भएका सबै महाधिवेशनमा अतिथि आउने गरेका थिए । भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन आठ देशबाट १५ जना प्रतिनिधि आउने पक्का भएको छ । हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९