दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस फेला

जागरण पोस्ट १० मंसिर २०७८, शुक्रबार ०८:१७

काठमाण्डाै : दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।  यसैबीच बेलायतले कोरोना सङ्क्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातो सूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो । ती देशहरुमा अस्थायी रुपमा उडानमा प्रतिबन्ध लगाएको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९