कोरोनाबाट आमाबुवा गुमाएका बालबालिकालाई मासिक ५ हजार

जागरण पोस्ट १० मंसिर २०७८, शुक्रबार ०८:५९

काठमाण्डौ : कोरोनाबाट आमाबुवा गुमाएकाहरूलाई गण्डकी सरकारको मासिक ५ हजार दिने भएको छ । प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमार्फत यो रकम हरेक महिना उपलब्ध गराइनेछ ।

यसको सुरुवात बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे । यो रकम भने बालबालिकाको अध्ययन अध्यापनका लागि खर्च हुनेछ ।

मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था सरकारले चालु वर्षको बजेटमै गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकको तथ्याङ्क सङ्कलन गरी कागजात पुगेकाहरूलाई बिहीबार रकम हस्तान्तरण गरिएको मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

बिहीबार ३९ जना मृतकका ६० जना बालबालिकालाई पहिलो चरणको राहत वितरण गरिएको मन्त्री श्रेष्ठले बताए । मन्त्रालयमा ११७ जनाको नाम प्राप्त भएकामा ८ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी १ ६२ मध्ये १०२ वटा निवेदनहरूको मापदण्ड बमोजिम कागजात पूरा हुन बाँकी छ ।

उनीहरूसँग बाँकी कागजात माग गरिसकिएको र त्यसपछि उनीहरूलाई पनि राहत रकम प्रदान गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । पहिलो किस्ता अन्तर्गत कात्तिक मसान्तसम्मका लागि ११ लाख ५ हजार रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९