४२ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदै

जागरण पोस्ट १० मंसिर २०७८, शुक्रबार ११:०४

काठमाण्डौ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ४२ जिल्लामा जिल्ला अधिवेशन हुँदै छ । प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा आज जिल्ला अधिवेशन हुन लागेको कांग्रेसले जनाएको छ । यसअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन भएको छ ।

आज ४२ जिल्लामा जिल्ला अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसमध्ये चितवनमा भने जिल्ला अधिवेशन स्थगन गरिएको छ। नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुन लागेकाले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेसले जनाएको छ ।

अहिलेसम्म ३० जिल्लामा जिल्ला अधिवेशन भएको कांग्रेसले जनाएको छ । केही जिल्लामा स्थगन भएको र केही जिल्लामा पछि गर्ने तयारी रहेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए । आज अधिवेशन हुन लागेका सबै जिल्लामा प्रतिस्पर्धा देखिएको छ । कतै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिस्पर्धामा छन् भने कतै देउवा पक्षकै नेता प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लापछि कांग्रेसको प्रदेश अधिवेशन हुनेछ । १६ देखि १७ मंसीरमा प्रदेश अधिवेशन र त्यसपछि २४ देखि २६ मंसीरमा केन्द्रीय महाधिवेशन तोकिएको छ ।

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्र बन्दसत्रमा प्रवेश

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९