ब्रेकिङ न्युज:

संसद् बाहिरका दलहरूसँग साझा धारणा बनाएर अघि बढ्न प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १५:१०

चितवन : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन् ।

नेकपा एमालेको १० औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रस्ट पारे ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै हिजोका दिनमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै उनले हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको बताए ।

देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए । लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेकोमा उनले एमाले र यसको नेतृत्वलाई बधाई तथा शुभकामना दिए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९