अबको चुनावमा एकल बहुमत ल्याउने तयारीमा छौं : केपी ओली

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १६:१४

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेले एकल बहुमत ल्याउने बताएका छन् ।
चितवनमा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । उनले भनेका छन्, ‘अब हामी चुनावको तयारीतर्फ जानेछौं । एकल बहुमत ल्याउने छौं ।’

त्यस्तै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान पनि गरे । उनले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना गर्ने मनसाय नभएको बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे ।

एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलनदेखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको उनको भनाई छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६