ताकेशी हिरायामा (१९२३–१९९५) क्यान्सर महामारी विज्ञ र सूर्तीसेवनविरोधी अभियन्ता हुन्, जसले धूमपान गर्नेले ओकलेको वा उडाएको धुवाँले आफ्नै निकटतम मानिसलाई फोक्सोको क्यान्सर गराउँछन् भन्ने वैज्ञानिक वास्तविकता २ लाख ६५ हजार वटा मामिलाको अनुसन्धानपछि निष्कर्षको रुपमा पहिलोपल्ट सार्वजनिक गरेका थिए ।
उनको उक्त अनुसन्धानलाई विश्वस्वास्थ्य संगठन (WHO) ले पनि पहिलो सत्योत्घाटन मानेको छ । चीनको मन्चुरिया मेडिकल कलेजकमा सर्जरीका प्रोफ्रेसरको छोरा भएकोले पनि उनलाई मेडिकल लाईनकै शिक्षा लिन प्रेरित गर्यो, र क्योटो युनिभर्सिटी र जोहन हप्किन्स् युनिभर्सिटीबाट उनले मेडिकल डिग्रीहरू हासिल गरे।

१९८१ मा उनको उक्त अनुसन्धान सार्वजनिक भएपछि सूर्ती तथा चुरोट उत्पादकहरूको सर्कलमा यति ब्यापक खैलाबैला मच्चियो कि अमेरिकी र अस्ट्रेलियाई सूर्ती तथा चुरोट उद्यमीहरूले आफ्ना अतिशयोक्तिका विज्ञापनमा कैयौँ गुणा लगानी बढाए भनी WHO को सन् २००० मा प्रकाशित एक बुलेटिनमा उल्लेखित छ (‘Hirayama’s work has stood the test of time’ : Elisa Ong & Stanton A. Glantz, WHO 2000) ।
हिरायामाले टोक्योको नेशनल क्यान्सर सेन्टरमा दुई दशक (१९६५–८५) सेवा गरे । पश्चिमा मुलुकहरूमा सार्वजनिक स्थलमा धूमपान वा सो सरहका सेवनमा प्रतिबन्ध लगाउन असाधारण जनदबाब पैदा भयो ।
उनले क्यान्सर र केही खानपिन आदतका बीचको सम्बन्धबारे पनि अध्ययन गरे । हरिया र पहेँला सब्जीको उच्च उपभोगबाट क्यान्सरका खतरा न्युन गर्न सकिन्छ र मासु, अण्डा, बटर, चीजको बढी उपभोगले स्तन क्यान्सरको खतरा बढ्छ भन्नेमा पनि उनको गहकिलो अनुन्धान र योगदान रह्यो।
यो पनि पढ्नुहोस् –
वायु प्रदूषणले धूमपान गरेभन्दा बढी असर
दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषणको मात्रा बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घण्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन ।
वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्डभन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन । ०७३ मा विभागले संकलन गरेको तथ्यांकमा पिएम–२.५ लाई वार्षिक औसतमा हेर्दा तीन सय १० दिनमा एक सय ५८ दिन एक्युआई मापदण्ड नाघेको छ । एक्युआईको तह यो वर्ष ०७३ को भन्दा निकै माथि पुगेको छ।
चिकित्सकका अनुसार वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । प्रा.डा. सन्तकुमार दासका अनुसार त्रिवि शिक्षण अस्पतालमा पछिल्लो समय अस्पतालमा दम र ब्रोङकाइटिसको समस्या लिएर आउनेको संख्या बढ्न थालेको छ ।
‘प्रदूषण श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने हुँदा सुरुमा फोक्सो बढी प्रभावित हुन्छ । धेरै मसिना कण फोक्सो हुँदै रगतको माध्यमबाट अन्य अंगमा प्रवेश गर्छन् । अस्पतालमा श्वासप्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक दशमध्ये एकजनाको मृत्यु वायु प्रदूषणको असरका कारण हुने गर्छ । सन् २०१९ मा हेल्थ इफेक्ट इन्स्टिच्युटले तयार गरेको एक प्रतिवेदनमा विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घटेको उल्लेख गरिएको थियो । ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्यांक संकलन गरेको अध्ययनले वायु प्रदूषणको असर दक्षिण एसियामा अझै भयावह भएको जनाएको थियो ।