ब्रेकिङ न्युज:

दाइसुगी: रूखहरूको प्लेटफर्ममा रूखहरू रोप्ने प्राचीन जापानी शैली

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १८:३५

जागरणपोस्ट – दाइसुगी जापानको एक बनसम्बन्धि प्रविधि हो जसलाई छ शताब्दीभन्दा पुरानो प्रविधि मानिन्छ। यो प्रविधिले रुखहरुको प्लेटफर्म सृजना गर्ने गर्दछ।

  यो प्लेटफर्म एकमाथी अर्को रुखहरु रोप्न र हुर्काऊनको लागि प्रयोग गर्ने गरिन्छ। यसका साथै यो प्लेटफर्मले परम्परागत शैलीमा गरिने बनजंगल फँडानीलाई रोक्नको लागि पनि निकै ठूलो मद्दत गरिरहेको छ। यसका अलावा यस प्रविधिले रुखहरुको आकारमा गोलाई, लचिलो, बलियो एवं सिधारुपमा हुर्काऊन पनि मद्दत गरिरहेको छ।

Daisuqi
तस्विर : द प्लानेट भ्वाइस

  `बोन्साई´ एक जापानी शब्द हो जसलाई तपाईंहरुले पहिले कतै सुन्नुभएको पनि होला। यस शव्दको शाब्दिक अर्थचाहिं कन्टेनरभित्र रोपिएको रुख भन्ने अर्थ हुनजान्छ। बोन्साई वागवानीमा प्रयोग हुने प्रविधि हो। यसले रुखका बेर्नाहरुको उत्पादन गर्नेगर्दछ। खासगरि बोन्साई प्रविधि सजावटको उद्देश्यका लागि प्रयोग गरिएको हुन्छ। यद्यपि दाइसुगी पनि बोन्साई प्रविधिजस्तै नै हो।

दाइसुगी प्रविधि लगभग विश्वभर नै प्रसिद्ध रहिआएको छ। यो प्रविधिको उत्पत्ति लगभग १५औं शताब्दी पुरानो हो। जापानको क्योटो शहरमा दाइसुगी नामक यो बागवानी शैलीको बिकाश भएको थियो। जापानी भाषाको दाइसुगीको शाब्दिक अर्थ `प्लेटफर्म देवदार´ हो।

यो प्रविधिमा हातको हत्केलाजस्तो देखिने रुखहरुलाई माथीतिर फर्काईएको हुन्छ। हत्केला आकारको खुलाक्षेत्रभित्र धेरै रुखहरुलाई हुर्काऊँदै लगिन्छ, जुन रुखहरु पूर्णतया सर्लक्क परेका, अग्ला र बलिया हुनेगर्दछन।

Daisugi
तस्विर : द प्लानेट भ्वाइस

दाइसुगी प्रविधिमा पनि बोन्साई प्रविधिमा प्रयोग गरिने धेरै सिद्धान्तहरु समावेश गरिएको हुन्छ तर, अन्तिम नतिजा भने भिन्न हुन्छ। बोन्साई प्रविधिले स-साना सजावटी बिरुवाहरुको उत्पत्ति गर्नेगर्दछ भने दाइसुगी प्रविधिले ठुला ठुला काठहरु निर्माण गर्नेगर्दछ। जुन केहिहदसम्म लचिला तर धेरै बलिया पनि हुनेगर्दछन।

  दाइसुगी प्रविधिको प्रयोगले जंगलका रुखहरु काट्ने बाध्यतालाई धेरै हदसम्म हटाईदिएको पनि छ। यो प्रविधिद्वारा उत्पादन गरिएका रुखहरु गाँठो परेको वा बाङ्गोटिङ्गो हुँदैनन र, प्रत्येक दुई/दुई बर्षमा रुखका अंकुरहरु काँटछाँट गर्ने गरिन्छ। यसरि पूर्णरुपमा हुर्काईएका रुखहरु काट्न भने करिब बीस बर्षसम्म कुर्नुपर्ने हुन्छ।

  चौधौं शताब्दीतिर जापानमा निकै प्रचलनमा आएको सुकिया-जुकुरी भन्ने वास्तुकला प्रदर्शनमा दाइसुगी प्रविधिद्वारा उत्पादित काठको निकै लोकप्रियता हुनेगर्दथ्यो। यसरि उत्पादित काठहरु प्राय: घर बनाऊनदेखि लिएर हरेक वास्तुकला समाग्रीको निर्माणका लागि प्रयोग गरिन्थ्यो। यी काठहरु सामान्य देवदार काठभन्दा ४० प्रतिशतसम्म लचिला हुने गर्दछन र यसको घनत्व शक्ति अन्य बनपैदावरभन्दा दोब्बर हुनेगर्दछ।

(द प्लानेट भ्वाइस बाट अनुवादित )

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९