ब्रेकिङ न्युज:

फिडेल क्यास्ट्रो – स्वास्नीमान्छेप्रति अति आसक्ति !

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०४:४८

सन्दर्भ : क्युवा क्रान्तीका नायक फिडेल क्यास्ट्रो को पांचौ स्मृति दिवस।

Anga Raj timilsina
डा. अङ्गराज तिमिल्सिना

अलविदा फिडेल क्यास्ट्रो। म कम्युनिष्ठ पनि होईन र फिडेल क्यास्ट्रोको चिन्तनसंग पनि सहमत भईन। यद्यपि मार्क्सबाद, लेनिनबाद र माओबादका धेरै अनुयायीहरु नेपालबाहिर र नेपालभित्र चे गुयभारा र फिडेल क्यास्ट्रो (ल्याटीन अमेरीका का दुई ठूला नेता) लाई बिश्वको कम्युनिष्ट आन्दोलनका महान नेताका रुपमा मान्य धेरै छन ।

मलाई भने यिनको दर्शन भन्दा यी दुई राजनीतिक नेताको जीबन कहानीप्रति रूची बढेर गयो। जब म मेरो बिद्यार्थीकालमा बिभिन्न राजनीतिक, आर्थिक र सामाजिक दर्शनप्रति आकर्षीत हुनथालें।

१९७० को दशकमा फिडेल क्यास्ट्रो ले “अमेरीकामा काला जातीको राष्ट्रपति र बिश्वमा ल्याटिन अमेरिकाको पोप भएपछिमात्र अमेरिका क्युबासंग बार्ता गर्न आउनेछ” भनेको आखिर मिलेरै छोड्यो, जब ल्याटिन अमेरिकाका पोप फ्रान्सिसकै पहलमा काला जातीका पहिलो अमेरिकी राष्ट्रपति ओबामाले क्युबासंग अमेरिकाको कुटनीतिक सम्बन्ध शुरु गरे गत साल ।

उसो त फिडेल क्यास्ट्रो तीनवटा कुराले बिश्वमा प्रख्यात छन । पहिलो, उनको लवाई । दोस्रो, उनको लामो भाषण गर्ने तरिका र तेस्रो, उनको स्वास्नी मान्छेप्रतिको आकर्षण ।

सार्बजनीकरुपमा देखिंदा खैरो र हरियो रङको सैनिक पोसाक र लामो दारी, अक्सर ओठमा च्यापिएको मोटो सिगार कास्ट्रोको बिश्वब्यापी पहिचान हो। यद्यपि फिडेल क्यास्ट्रोले पछि सिगार खान छोडे। तर गुरिल्ला युद्द शुरु भएपछी पहाडतिर लुक्दै गरेका बेलादेखि दाह्री पाल्न शुरु गरेका फिडेल क्यास्ट्रोको दाह्री किन पाल्ने भन्नेबारे आफ्नै सिद्दान्त थियो। “यदी एक दिनमा १५ मिनेट भन्दा बढी दाह्री फाल्न खर्च हुन्छ भने एक बर्षमा ५००० मिनेट दाह्री काट्नमात्र खर्च हुन्छ। यसैले यो अमुल्य समय अरु महत्वपूर्ण कुरामा खर्च गर्नु नै जाती”।

Fidel kastro
मोटो आकारको चुरोट तान्दैगरेको फिडेलको विश्वप्रसिद्ध तस्विर।

द्रोसो, क्यास्ट्रो लामो-लामो भाषण गर्नमा माहिर ठानिन्थे। सेनाको ब्यारेकमा आक्रमण गरेको आरोपमा जेल हालेको मुद्दामा न्यायाधिशका अगाडी आफ्नो बचाउ आफै गर्दै अदालतमा “इतिहासले मलाई दोषमुक्त गर्ने छ” भन्ने बिषयमा ४ घन्टा सम्म लामो भाषण दिएका थिए। तर उनको सबभन्दा लामो भाषण भने ७ घण्टा  १० मिनेटको थियो। यो भाषण उनले कम्युनिस्ट पार्टिको तेस्रो कङ्ग्रेसलाई दिइएको थियो। उनको सन् १९६० को सेप्टेम्बरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघमा दिइएको ४ घन्टा २९ मिनेटको भाषण गिनिज बुकको किर्तिमान बन्यो।

तेस्रो, क्यास्ट्रोको राम्रा स्वास्नीमान्छेहरुप्रति बिशेष आकर्षण थियो भनिन्छ। क्यास्ट्रोका कम्तीमा १० जना बच्चाबच्ची छन भनिन्छ। सन १९९३ मा`भ्यानिटी फेयर´ भन्ने बिश्वबिख्यात “टेब्लोइड” (सनसनी खोज पत्रीका जसले अक्सर हलिउड नायक-नायीकाका कहानी छाप्छ) की पत्रकार आन् लुइज बार्डाकले फिडेल कास्ट्रोलाई “तपाईका कतिजना केटाकेटी छन” भनेर सोध्दा फिडेल क्यास्ट्रोको जबाफ थियो, “लगभग एउटा जाती जत्तिकै”। क्यास्ट्रोको आधिकारीक रुपमा दोस्रो बिबाह भएको थियो र पहिलो बिबाहबाट एक र दोस्रोबाट ५ जना केटाकेटी थिए। तर पछि पत्ता लाग्यो उनी गुरिल्ला युद्दको नेतृत्व गर्दा र सत्तामा रहँदा उनले अरु स्वास्नी मान्छेहरुसंग सुतेर धेरै बच्चाहरु जन्माएका पो रहेछन !

भ्यानिटी फेअरकी पत्रकार बार्डकका अनुसार उनले अन्तर्बार्ता लिने बेला फिडेल क्यास्ट्रोलाई अमेरीकामा राष्ट्रपति बिल क्लिन्टनको व्हाइट हाउसमा काम सिक्न आएकी बिध्यार्थी (इन्टर्न) मोनिका लेबिन्स्की संगको बिबाह बाहिरको शारिरिक सम्बधले गर्दा बिल क्लिनटलाई राजनीतिकरुपले कमजोर बनाएको भन्ने कुरा सम्झाउन खोज्दा फिडेल क्यास्ट्रो चाहिं एउटा स्वास्नी मान्छेसङग सुतेर एउटा नेता कसरी कमजोर हुन्छ त? भन्ने प्रतिप्रश्न गरेका थिए।

माओकै रणनीतिमा गुरिल्ला युद्द गरेर सत्तामा आएका फिडेल क्यास्ट्रो र चीनबिचको सम्बन्ध भने कहिल्यै गाढा रहेन किनकि फिडेल क्यास्ट्रो बिश्वमा रुस र कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा चीनको अमेरीकासंगको बढ्दो सम्बन्ध हो भन्ठान्थे ।

समग्रमा अमेरिकाका १० वटै राष्ट्रपतिले झन्डै ९० माइल मात्र अमेरीकाबाट टाढा रहेको क्युबाका फिडेल क्यास्ट्रोलाई सिआइएमार्फत ६०० पटकभन्दा बढि हत्या गर्न गरिएको षडयन्त्रका बाबजुद पनि क्युबामा ५० बर्षजति शासन गर्न सफल हुनुले पनि फिडेल क्याष्ट्रोले आफ्नो यौटा इतिहास बनाएर गए। अलबिदा फिडेल क्यास्ट्रो !

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९