कुनैपनि राजनैतिक दलका लागि अधिवेशन यौटा पर्व हो। महोत्सव हो। उत्साह हो र उर्जा हो। सोहि उर्जाको लागि ऐले नेकपा एमाले नारायणी तिरमा यत्रतत्र छ।
उर्जामात्र होईन, उक्त दलको लागि अर्को अधिवेशनसम्म चल्न सक्नेगरि जगेर्ना गरिएको खुराक पनि हो।
चुनाव र अधिवेशनका उर्जा यौटै हुन। मिलिक्क चम्किने। क्षणिकका लागि राप र ताप दिने, तर कालान्तरमा उर्जाहिन भएर अस्ताऊने। तर, खुराकको हकमा भने त्यस्तो हुँदैन। उर्जा देओस नदेओस, भण्डारण गरिसकेपछि उर्जा दिए पनि या नदिए पनि अर्को भण्डारणको ब्यवस्था नहोऊन्जेल उक्त खुराक सहनैपर्ने हुन्छ।
नेपालका राजनैतिक दलका नेता पनि तिनै खुराक हुन, जो आम निर्वाचन र पार्टिका महाधिवेशनमा भने खुवै चम्किन्छन तर बिस्तारै सेलाएर जान्छन। उर्जाहिन अर्थात प्रभावहिन भएर गएका पटक पटकका दृष्टान्त छन।
अहिले नेकपा एमालेको दशौं महाअधिवेशन चितवनमा चलिरहेको छ। पार्टिको महाधिवेशन भनेको पार्टिभित्रबाटै स्वतन्त्ररुपमा आफ्नो नेतृत्त्व छान्ने बिश्वब्यापी लोकतान्त्रिक प्रक्रिया पनि हो। आम निर्वाचन र पार्टि महाधिवेशनमा यहिं फरक छ- आम निर्वाचनमा जनताले आफ्नो शासनका लागि नेतृत्त्व चुन्दछन भने पार्टि महाधिवेशन/ अधिवेशनमा कुनैपनि अमूक दलका नेताकार्यकर्ताले आफ्नो पार्टि संचालनहेतु आफ्नै नेता स्वतन्त्ररुपमा चयन गर्दछन।
- सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र
- विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप
- सम्पादकीय- अस्थिर राजनितिको विजारोपण
नेकपा एमाले विगत लामो समयदेखि नेपालको राजनीतिमा मूलधार र निर्णायक भूमिकाको रुपमा उंभिदै आएको पार्टि हो। मार्क्स, लेनिन हुँदै संसदिय अभ्यास सम्ममा अभ्यस्त लोकतान्त्रिक पार्टि हो। संरचना र संस्थागत हिसावमा सबैभन्दा बलियो र जनआधार भएको पार्टि हो।
बिगतका अनेकन हण्डर र संघर्ष सहंदै र बेहोर्दै आएको यहिं नेकपा एमालेको दशौं महाधिवेशन भने ऐले दशामय बनेको छ। यसो त पार्टि तीन गुटमा गठ्ठिएर एक टुक्रा उछिट्टिएकोमा ओलीले निचोर्नुपर्ने पिलो आफै फुटेर गयो भनेर त भनी नै सकेका हुन। तर, यस उछिट्टिएको पिलोले आफ्नो पार्टिभित्र कति ठूलो क्षयीकरण बनाएर गएको छ भन्नेकुरा ओलीको मनलाई मात्र थाहा छ, आम कार्यकर्तालाई समेत थाहा छैन।
कुनैपनि दलमा, त्योपनि अझ कम्युनिस्ट पार्टिमा ब्याक्तिलाई अति देवत्त्वकरण गर्नु सर्वर्था वर्जित हर्कत हो। तैपनि उक्त ब्याक्ति जिवित रहँदासम्म त जाज्य रहला, तर पद र शक्ति हस्तान्तरणपश्चात नि?
नेकपा एमालेमा ओलीलाई जसरि देवत्त्वकरण गरिएको छ र महाधिवेशनमा निर्विकल्परुपमा ओलीलाई नै अंघाढि सारिएको छ यसको भारी मूल्य त एमालेले निकट भविष्यमैं चुकाऊनुपर्नेछ।
यतिमात्र होईन, फरक मत राख्ने र प्रतिस्पर्धामा आऊने सबैलाई एमालेको महाधिवेशनमा पूर्णरुपमा निषेध गरिएको छ। भिम रावल र घनश्याम भुसालहरुलाई सम्पूर्ण शक्ति लगाएर निषेध गर्ने चेष्टा गरिएको छ र ओलीकै निगाहमा जुन ३०१ केन्द्रिय सदस्य तोकिएका छन – भोलि तिनै ३०१ भित्रबाटै बिद्रोह नहोला भन्न सकिँदैन। किनकि एमालेमा ओली नेतृत्वमा फासिवाद शैली चरमचूलीमा पुगिसकेको छ।
भिम रावल र घनश्याम भुसाल पर्दाअंघाढिका पात्र मात्र हुन। पर्दापछाढि रावल र भुसाल अन्य कयौं पनि छन पार्टिभित्र। एकल हिटलरी तानाशाहको भरमा चम्चे र हुक्केको भरमा आफैले आफैलाई निर्विकल्प प्रस्तुत गर्नु पनि लाजमर्दो बिषय हो।
दासढुंगामुनीबाटै क्रूरतम रुपमा निरन्तर बगेर नारायणी नदिमा मिसिएका मदन भण्डारी/ जिवराज आश्रीतका अनेकन सपनाहरुको डल्लो बनाएर ओलीले नारायणी तिरबाटै पिण्डस्वरुप तिलस्मी दिनुले पनि एमालेको निजटतम एवं भवितव्य भविष्यको संकेत गरेको छ।
twitter.com – @jagaranpost