काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ ।दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।
शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।