नेप्सेमा ४९.०४ अंकको गिरावट

Jagaran Post १६ मंसिर २०७८, बिहीबार १६:३४

काठमाण्डौ : सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक फेरि ओरालो लागेको छ। साताको तीनदिन निरन्तर ओरालो लागेको नेप्से बुधबार भने सामान्य अंकले बढेको थियो। सो दिन नेप्से ५.२८ अंकले बढेर २६ सय ३३ विन्दुमा बन्द भएको थियो।

यसदिन नेप्से ४९.०४ अंकले घटेर २५ सय ८४.६१ विन्दुमा पुगेर बन्द भयो। कारोबारमा आएका २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा किनबेच भयो। यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। डेभलपमेन्ट बैंक र अन्य समूहको परिसूचक सर्वाधिक घटेको छ। डेभलपमेन्ट बैंकको ३.८२ र अन्य समूहको ३.६४ अंकले ओरालो लागेको हो।

यस्तै जलविद्युतको २.२, निर्जीव विमाको २.०९, सामूहिक लगानी कोषको २.४९ प्रतिशतले सेयर मूल्य घट्दा बाँकी अन्य समूहको १.७१ प्रतिशतसम्म घटेको छ। यसदिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्याम्लिङ पावर र न्यादी हाइड्रोपावरको क्रमश ९.९९ र ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो।

यस्तै कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँमा सेयर खरिदबिक्री भयो। बुधबार कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड ५३ लाख ९३ हजार ९९ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८