काठमाण्डौ : इ कमर्स दराजको सेवाप्रति ग्राहकहरुको चर्को असन्तुष्टि देखिएको छ । यसका प्रयोगकर्ताहरुले अर्डर क्यानसील गर्दा दुःख दिएको, अनलाईनमा देखाए जस्तो सामान डेलिभरी नगरेको भन्दै सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
दराजका एक उपभोक्ताले सामाजिक सञ्जालमा लेखेका छन् -‘पुतली देखाएर झुसिलकिरा डेलिभर गर्नु यिनिहरुको काम हो ।’ दराजले आफुले बिक्रि गर्ने सामानहरुमा केहि दिन भित्रमा समान मन नपरेमा सामान फिर्ता गर्न सक्ने समेत सुविधा दिएको छ तर त्यहि सुविधाको उपभोग गर्दा आँफुहरु ठगिन परेको उनीहरुको गुनासो छ ।
‘सामान फिर्ता त गर्छन् तर त्यो सामानको पैसा समयमा फिर्ता गर्दैनन्’, एक ग्राहकले भने ‘मैले सामान फिर्ता गरेको एक महिना नै बितिसक्यो तर अहिलेसम्म पनि मैले मेरो पैसा फिर्ता पाएको छैन ।’