ब्रेकिङ न्युज:

काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा पुन विजयी

Jagaran Post २० मंसिर २०७८, सोमबार ०८:१९

रुपन्देही : नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन् । साेमबार बिहान प्राप्त मत परिणाम अनुसार पार्टी सभापति शेरबहादुर देउवा समुहका उम्मेद्वार भरतकुमार शाहलाई ८५ मतले हराउंदै प्रदेश सभापति पदमा सभापति देउवा ईतर समुहका पुन विजयी भएका हुन् ।

कुल १६३१ मत खसेकाेमा विजयी पुनले ८६७ मत प्राप्त गरेका छन् भने साहले ७६७ मत प्राप्त गरैको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले बताए । सभापतिमा विजयी राेल्पाका पुन पुर्व राज्यमन्त्री हुन् भने रुपन्देहीका शाह प्रतिनिध सभा सार्वजनिक लेखा समितिका सभापति हुन् ।

पदाधिकारीमा भने शाह प्यानलबाट उपसभापतिमा राजु खनाल बाहेक सबै पदमा पुन प्यनलकै उम्मेद्वार विजयी भएका छन् । उपसभापति पदमा पुन प्यानलबाट गुल्मीका भुवनप्रसाद श्रेष्ठ ८४७ मत सहित विजय हुदा रुपन्देहीका अष्टभुजा पाठक २० मतले हार व्यहाेर्नु पर्याे । शाह प्यानलका राजु खनाल ७९२ मत ल्याएर विजयी भए भने अर्का सुधाकर पाण्डेले हार व्यहाेर्नु पर्याे ।

महामन्त्री र सहमहामन्त्री पदमा भने पुन प्यानलका उम्मेद्वार विजयी भएका छन् । महामन्त्रीमा पुन प्यानलका बिक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी भएका छन् । खनाल र आचार्यले क्रमश: ८४४ र ८३९ मत प्राप्त गरे । शाह प्यानलबाट महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी थिए ।

त्यस्तै सहमहामन्त्रीमा ८५९ मत सहित बिष्णु मुस्कान, ७७६ मत सहित खगराज पाण्डे, महिला सहमहामन्त्रीमा ८३० मत सहित निमा गिरी विजयी भएका छन् । शाहकाे प्यानलबाट सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, माया पुन र महिला सहमहामन्त्रीमा शरिता चौधरी थिए । सदस्य पदमा पनि पुन प्यानलका उम्मेद्वारकाे अग्रता छ । यद्यपि परिणाम आईसकेकाे छैन ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९