प्रअ र व्यवस्थापन समिति अध्यक्षबीच विवाद

Bijay Gyawali १० भाद्र २०७६, मंगलवार १८:२३

मोरङमा एक विद्यालयमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापकबिचको विवाद बढेको छ ।

विराटनगर महानगरपालिका-११ पञ्चमुखी चोकको अरुणोदय अधारभुत विद्यालयका प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी नै नदिइ भवन निर्माण गरेपछि विवाद उत्पन्न भएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय ले अनुदान दिएको १० लाखबाट गरेको भवन निर्माण र विराटनगर महानगरपालिकाले दिएको ३ लाख आर्थिक सहयोगमा गरेको मर्मत कार्य आफूलाई जानकारी नै नदिएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष सीतो प्रअसंग रुस्ट बनेका छन् । ‘समाजिक विकास मन्त्रालयले भौतिक निर्माण अन्तर्गत दिएको १० लाखको काम गर्दा आफ्नो अनुपस्थितिमा निर्णय गरेर ठेक्कामा लगाएको तथा तीन महिनादेखि प्रअ खड्गाले कुनै पनि मिटिङमा समेत आफुलाइ नबोलाएको अध्यक्ष सहनीले बताए।
स्थानीय तहको निर्वाचनपछि वडा अध्यक्षको सिफारिसमा भोलेन्टियरमा एक शिक्षक राखेपछि नै अध्यक्ष सहनी र प्रअ खड्काबीच विवाद देखिँदै आएको थियो। 
प्रअ खड्काले भने अध्यक्षलाई बैठकमा बोलाउँदा नआउने गरेको बताएका छन्। उनले अध्यक्ष पटकपटक बैठक डाक्दासमेत अध्यक्षले बैठकमा उपस्थिती नजनाएकोले विद्यालयमा आएको अनुदानलाई खर्च गर्न वडा अध्यक्षको अध्यक्षतामा बैठक बसेर निर्णय गरेको बताएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८