ब्रेकिङ न्युज:

मुस्ताङको आर्कषण : गुफाभित्र लोभलाग्दो गेष्ट हाउस

Jagaran Post २१ मंसिर २०७८, मंगलवार १५:५७

काठमाण्डौ : हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ परम्परागत संस्कृतिको ऐतिहासिक थलो हो ।

ऐतिहासिक गुफा, तिब्बती संस्कृति र हिमालको आकर्षक दृश्यका लागि हजारौं आन्तरिक तथा विदेशी पर्यटकहरू यहाँ घुम्नको लागि आउने गर्दछन् ।

नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ पनि प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षक र मनमोहक छ ।

यहाँबाट अन्नपूर्ण, धौलागिरि हिमालहरू निकै आकर्षक देखिन्छन् । यससँगै यसलाई थप आकर्षक बनाउँछ यहाँको स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले ।

यसैबिच त्यहाँका एक युवकले ऐतिहासिक गुफालाई रुपान्त्रण गरेर ‘गेस्ट हाउस’ बनाएका छन् । देख्दा लोभलाग्दो अनि मनमोहक ।

तस्विर स्रोत : समाधान राष्ट्रिय दैनिक

पेमा घिर्मी गुरुङले उपल्लो मुस्ताङको लोमान्थाङ-२ छोसेर अवस्थित सेल्तामा गुफालाई ‘गेस्ट हाउस’ मा परिणत गरेका हुन् ।

संञ्चालक गुरुङ भन्छन् –‘मेलै संञ्चालन गरेको होटल युनिक छ, पर्यटक आर्कषणका लागि गुफा भित्रै गेष्ट हाउस बनाएको हो ।

उपल्लो मुस्ताङ आएका पर्यटकले गुफा भित्र होटल देखेपछि एक रात बिताएरै फर्किन्छन् ।’

शेल्कार नाम दिइएको यो गेष्ट हाउस सन् २०१८ बाट नै संचालनमा रहेको सञ्चालक गुरुङले बताए ।

उपल्लो मुस्ताङमा दर्जनौं गुफाहरु भएपनि गुफा भित्रै यसरी गेष्ट हाउस सञ्चालन गर्नेे आफू पहिलो भएको उनको दावी छ ।

तस्विर स्रोत : समाधान राष्ट्रिय दैनिक

संचालन लगत्तै कोरोना महामारीले ओझेलमा परेको यो गुफा गेस्ट हाउसले अहिले विस्तारै गती लिन थालेको छ । यहाँ अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

उक्त गुफामा पुग्न जोमसोम–कोरला राजमार्गदेखि बीस मिनेटको पैदल यात्रा गर्नुपर्ने सञ्चालक गुरुङ बताउँछन् ।

गेष्ट हाउस रहेको उक्त गुफासम्म पुग्न फलामे रेलिङसहितको सिंढी बाटो, गुफा भित्र ४ वटा कोठा र दुई वटा प्रबेशद्धार निर्माण गरिएको छ ।

गुफा भित्र रहेको ४ वटा कोठा मध्ये एक कोठामा ६ वटा बेड र अर्को ३ वटा कोठामा २÷२ वटा बेडको ब्यवस्था गरिएको छ ।

हरेक कोठा कोठामा उनले बत्ती र पानीको व्यवस्था पनि मिलाएका छन् । गुफा भित्रको कोठाको झ्यालहरुमा पुराना ऐतिहासिक भाडा तथा सामाग्रीहरु राखिएको छ ।

उनले गुफा पुग्ने पर्यटकको रुचि अनुसार गुफा भित्र वा बाहिर बस्ने भन्ने दुबै खालको सुबिधा मिलाएका छन् ।

गुफामा बास बस्न आउने पर्यटकहरुसँग ३ देखि ७ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पनि उनले बताए ।

(पोखराबाट प्रकशित हुने समाधान राष्ट्रिय दैनिक मा सुन्दरलाल थकालीको सामाग्री)

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९