ब्रेकिङ न्युज:

लुम्बिनी प्रदेशका ऊर्जामन्त्री रानाद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

Jagaran Post २१ मंसिर २०७८, मंगलवार १७:०७

रुपन्देही : लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । न नेता रानाले बुटवलमा मंगलवार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसका संस्थापनइतर समूहका राना पाल्पा कांग्रेसको दुई कार्यकाल सभापति भएका नेता हुन् । उनले पार्टीको जिल्लामा दुई कार्यकाल नेतृत्वमा हाकेकोले १४ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

कांग्रेसको १४ औं महाधिवेशन यहीँ मंसिर २४ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ । आफू नेतृत्वमा पुगेपछि कांग्रेसमा नीतिगत सुधार गर्न प्रयास थाल्ने बताए ।

‘म नेतृत्वमा पुगेँ भने पार्टीलाई विधि, पद्धति र विधानअनुसार चलाउने प्रयास गर्नेछु । पार्टीमा अनुशासन, मूल्यांकन र आर्थिक पारदर्शिता कायम गर्ने परिपाटीको व्यवस्था गर्नेछु,’ उनले आफ्नो प्रतिबद्धतामा भनेका छन् ।

कांग्रेस कार्यकताले आफूलाई भारी मतका साथ विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९